Comments Add Comment

नेपाली पात्रोमा अब समाचार पनि

news-in-nepalipatro-1काठमाण्डौ । नेपालको पहिलो नेपाली पात्रो एपमा अब नेपाली समाचार पनि पढ्न सकिने छ ।
नेपाली पात्रोले हालै सार्वजनिक गरेको एन्ड्रोइडको नयाा भर्सनमा समाचार सेवा पनि उपलब्ध छ ।
नेपाली पात्रोले बिभिन्न नेपाली न्यूज पोर्टलले प्रकाशन गरेका समाचारको फिडमार्फत् उपलब्ध गराउने छ । नेपाली पात्रो एपका प्रयोगकर्ताले अब आफुलाई मनपर्ने साइटका रुचीका समाचार आफ्नो सुविधाअनुसार पढ्न पाउनेछन् । नेपालको नम्बर एक न्यूजपोर्टल अनलाइनखबरका समाचार पनि अब नेपाली पात्रोमा पढ्न पाइने छ ।
‘बिदेशमा रहनुभएका प्रयोगकर्ताले लामो समयदेखि समाचार पनि पढ्न पाउनुपर्‍यो भन्ने माग गर्दै आउनुभएको थियो’ नेपाली पात्रोका विकाशकर्ता विरीजन महर्जनले भने-‘नेपाली पात्रोलाई सम्पूर्ण एपका रुपमा बिकाश गर्ने लक्ष्यसहित हामीले समाचार सेवा दिन सुरु गरेका हौं ।’
पहिलो नेपाली पात्रो एपको पहिचान बनाएको नेपाली पात्रो १० लाख भन्दा बढि प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् ।
नेपाली युनिकोड र अंग्रेजी दुवै भाषामा तिथि मिति उपलब्ध हुने यो पात्रोमा नेपाली समयमा आधारित पञ्चाङ्गको सुविधा पनि छ । साथै यही एपमा मिति रुपान्तर, मुद्रा रुपान्तर, बिदेशी बिनिमय दर, शुभ साइतहरु, दैनिक साप्ताहिक र मासिक राशिफल लगायतका सुविधा पनि उपयोग गर्न पाइन्छ ।
नेपाली पात्रोमा उपलब्ध समाचार र पात्रो फिचरहरु विजेटका रुपमा पनि आ-आफ्नो मोबाइलको होमस्क्रिनमा फिड गर्न सकिन्छ ।

news-in-nepalipatroतत्कालका लागि एन्ड्रोइड प्लेटफर्ममा मात्र समाचार सेवा उपलब्ध छ । एन्ड्रोइड प्रयोगकर्ताको सुझाव र प्रतिक्रियाका अाधारमा अाइअोएसमा पनि छिटै समाचार सेवा उपलब्ध गराउने महर्जनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment