Comments Add Comment

एनसेल एप क्याम्पको दोस्रो सस्करण सुरू हुँदै, मंगलबारदेखि आवेदन खुला

२७ साउन, काठमाडौं । मोबाईल एप् प्रतियोगिता फेरि आयोजना हुने भएको छ । एनसेलले मगंलवारदेखि एनसेल एप् क्याम्प २०१५ को विधिवत सुरुवात गर्दै ईच्छुक सहभागीहरूका लागि आफ्ना आईडिया पेश गर्न आवेदन खुला गरेको छ ।

Ncell-Aps‘देशमा रहेको डिजिटल संभावनालाई अगाडि ल्याउन एनसेल एप् क्याम्प २०१५ को विधिवत घोषणा गर्दा म निकै खुसी छु,’ एनसेलका कार्यकारी निर्देशक एरिम टार्इलानलारले भने । ‘एनसेल एप् क्याम्प एउटा प्रतियोगिता मात्रै नभएर, सृजनशिल युवाहरूलार्इ नवीनतम व्यवसाय तर्फ उत्प्ररित गर्ने र उनीहरूको अन्तर्राष्ट्रिय एप् उद्योगमा पहुँच बढार्इ अर्थतन्त्रमा योगदान पुर्याउने तर्फको प्रयास हो,’ उनले बताए ।

एनसेलले प्रतियोगिताको आधिकारिक वेबसाईट सार्वजनिक गर्दै प्रतियोगिताको विधिवत घोषणा गरेको हो । वेवसाईटले प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरेको छ र ईच्छुक प्रतियोगिहरूले आफ्नो टिम र एप् आईडिया वेबसाईत मार्फत दर्ता गर्न सक्छन् ।

एनसेल एप् क्याम्प २०१५ मा प्रतियोगिहरूले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन, र उपयोगिता गरी चार वटा विभिन्न विधाहरूमा आफ्ना आईडिया पेश गर्नु पर्नेछ ।

‘यी विधाले नेपाली अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु समेटेका छन् । यस सम्बन्धि एपको विकासले यी क्षेत्रको प्रभावकारीता र उत्पादनशीलता बढाउन योगदान पुर्याइ जनसाधारणलार्इ लाभ पुर्याउन सक्छन् । यी क्षेत्रमा नवीनतम व्यवसाय फस्टाउन पनि सक्छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

सन् २०१४ मा जस्तै, एनसेल एप् क्याम्प २०१५ पनि चरणगत रूपमा सञ्चालन हुनेछ । पहिलो चरणमा, आवेदन परेका सम्पूर्ण प्रतियोगिहरू मध्ये उत्कृष्ट १५० वटा आईडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागि गराईनेछ । दोस्रो चरणमा, हरेक विधाबाट ६ वटा उत्कृष्ट एप् – अर्थात् कुल २४ टिमलाई – अन्तिम चरणका लागि छनौट गरिनेछ । सोही उत्कृष्ट २४ बाट चार ‘विधा विजेता’ र एक ‘मुख्य विजेता’ को घोषणा गरिनेछ ।

“यो प्रतियोगिताको विशेषता भनेकै, सहभागीले पहिले एप् निर्माण तथा व्यवसायको अमूल्य कला सिकी र त्यसपछि एकअर्कासँग प्रतिस्पर्धा गरी आकर्षक पुरस्कार जित्ने समान अवसर पाउँछन्,” शर्माले भने । टिमहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय व्यक्तित्वहरूबाट सिक्ने मौका पनि प्राप्त गर्नेछन् ।

हरेक विधाका विजेताले रु.२ लाख ५० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप रु. ५ लाख जित्नुको साथै विदेशमा हुने यस्तै किसमको कार्यक्रममा सहभागी हुने अवसर समेत प्राप्त गर्नेछन् ।

इच्छुक मोबाइल एप् डेभलपर तथा उत्साहीहरुले चार मध्ये कुनै एक विधामा आफ्नो टिमलाई दर्ता गराउन सक्नेछन् । दर्ता नि:शुल्क रहेको छ । प्रतिस्पर्धामा भाग लिन ईच्छुक प्रतियोगिहरूले असोज ३ गते मध्यान्न १२ बजे सम्ममा आफ्ना आईडिया पेश गरीसक्नु पर्नेछ । सहभागीहरूले एन्ड्रोइड, एप्पल आईओएस, विन्डोज, एसएमएस, जेटुएमई लगायत कुनै पनि प्ल्याटफर्ममा एप् सृजना गर्न सक्छन् ।

गत वर्ष भएको एनसेल एप् क्याम्प २०१४ मा प्रारम्भिक चरणमा कुल ४५७ एप् आईडिया प्राप्त भएको थियो र आईसिटि फर अग्रिकल्चर (एप्’को नाम: आईएफए कृषि) मुख्य बिजेता र कृषि विधाको बिजेता बन्न सफल भएको थियो । त्यस्तै सेन्टिनेप, रितिरिवाज, र लिपि (द स्क्रिप्ट) क्रमशः कर्पोरेट सल्युसन, शिक्षा र पर्यटन विधाका विजेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment