+
+
Shares

एनआरएन पोर्चुगलको अध्यक्षमा भीम केसी कमल निर्बाचित

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३२ गते १४:०६

portugalस्पेन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको पाँचौ अधिबेशनबाट भीम के सी कमल अध्यक्षमा निर्बाचित भएका छन्। संघको आईतबार सम्पन्न अधिबेशनले सर्बसम्मत केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो।

अधिबेशनले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको लागि रमेश कुमार गुरुङलाई प्रस्तावित गरेको छ। यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा राजन शेरचन, सुनिल संगम श्रेष्ठ, शम्भु गौतम,महासचिबमा सोम फुरी शेर्पा, सचिवहरु ध्रुवप्रसाद सापकोटा, कृष्ण कंडेल र कोषाध्यक्षमा रुपक श्रेष्ठ चयन भएका छन्।

कार्यसमितिको युवा संयोजकमा प्रितमबहादुर गुरुङ र महिला संयोजकमा जयकला राई निर्बाचित भएका छन्।

यस्तै कार्यसमितिका सदस्यहरुमा धर्मराज अधिकारी, राजेन्द्र अधिकारी, मुक्तिनारायण श्रेष्ठ, मनिराज सापकोटा, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रलाद कंडेल, कोमलनाथ नेपाल, भगवती भण्डारी सुवेदी, झोरमान तामाङ् गीता राना तामाङ्, रामहरी घिमिरे, आङनुरी शेर्पा, गुमान सिंह कार्की र श्यामप्रसाद ढकाल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?