+
+

हिमालयन बैंकको नाफा एक अर्ब ९ करोड, कति देला लाभांस ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १०:१७

himalayan-bank_11111111111१ भदौ, काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७१/०७२ मा १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ९६ करोड रुपैयाँ कमाएको थियो ।

१८ करोड रुपैयााले खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो । गत वर्ष बैंकले २ अर्ब ६७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको मंगलबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

कर्जामा लिने र निक्षेपमा दिने व्याजदरबीचको अन्तर (स्प्रेड दर) सीमाभित्रै रहेर पनि केही घटेको छ । अघिल्लो वर्ष ४.५४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ४.३५ प्रतिशतमा रहेको छ ।

त्यसैगरी, संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको मध्ये ८९ करोड रुपैयाा फिर्ता गरेको (राइटव्याक) गरेको छ । राइटव्याकलाई पनि नाफामा गणना गर्न मिल्छ । अघिल्लो वर्ष ७७ करोड रुपैयाा मात्रै राइटव्याक गरेको थियो । तर, अघिल्लो वर्षको तुलनामा बैंकको कर्मारी खर्च २० करोडले बढेर ९१ करोड रुपैयाा पुगेको छ ।

०७२ असार मसान्तमा बैंकले ७३ अर्ब ५२ कारेड रुपैयाा निक्षेप संकलन गरी ५५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ असार मरान्तमा ६४ अर्ब ६७ करोड रुपैयाा निक्षेप संकलन गरी ४६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जाको मात्रा झन्डै दोब्बरले बढेको छ । अघिल्लो वर्ष कूल कर्जाको १.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.२२ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्ता पुाजी ३ अर्ब ३३ करोड र रिजर्भ ३ अर्ब ८४ करोड रुपैयाँ छ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन निर्देशन नै जारी गरिसकेको छ । पुँजी बढाउन बैंकले नाफाबाट अधिकतम बोनस सेयर दिनुपर्ने हुन्छ । गत वर्षको नाफाबाट बैंकले २५ प्रतिशतको हाराहारीमा बोनस सेयर दिनसक्ने देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २ सय १५ रुपैयाँ ४१ पैसा छ । गत वर्ष बैंकको एक कित्ता सेयर न्यूनतम ७ सय ५ रुपैयाँदेखि अधिकतम ८ सय ७७ रुपैयाँसम्ममा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?