Comments Add Comment

कम्प्याक्ट एसयुभीको प्रतिस्पर्धामा महिन्द्रा पनि, ल्याउँदै छ ‘टीयुभी ३००’

Mahindra-TUV300-SUV-2-G

काठमाण्डौ । पछिल्लो समयमा तिब्र बृद्धि भइरहेको कम्प्याक्ट स्पोर्टस् युटीलिटी भेहिकल अर्थात् कम्प्याक्ट एसयुभी सेगमेन्टमा मोटर उत्पादकहरुको प्रतिस्पर्धा बढ्दो छ ।

फोर्डको इकोस्पोर्ट, रेनल्टको डस्टर, हुण्डाईको क्रियटा, दाइहात्सुको टेरियस, मारुतीको एस क्रसले अहिले पनि भारतीय बजारमा तिब्र प्रतिस्पर्धा गरिरहेका छन् ।

स्कर्पियो र एक्सयुभी ५०० जस्ता गाडीमार्फत उत्कृष्ट एसयुभी गाडीका लागि दर्जनौं पुरस्कार हात पारिसकेको भारतीय मोटर उत्पादक कम्पनी महिन्द्रा पनि अब यही कम्प्याक्ट एसयुभी सेगमेन्टको प्रतिस्पर्धामा उत्रिने भएको छ ।

Mahindra-TUV300-SUV-7-G
महिन्द्राले यही सेप्टेम्बर १० तारिखमा भारतमा नयाँ कम्प्याक्ट एसयुभी सार्वजनिक गर्दै छ । ‘टीयुभी ३००’ नाम दिइएको यो मोटरका सवै फिचर र डिजाइन कम्प्याक्ट एसयुभीसँग मिल्ने भए पनि महिन्द्राले यसलाई टफ युटिलिटि भेहिकल (टीयुभी) नाम दिएको छ ।

यसअघि कम्प्याक्ट एसयुभी सेगमेन्टमा आएका इकोस्पोर्ट, क्रियटा, एस क्रस लगायतका गाडीले सानो कारमा प्रयोग हुने इन्जिनको प्रयोग गरी स्पोर्टी लुक्सका गाडी तयार पारेका थिए । तर, महिन्द्राले इन्जिन, आन्तरिक तथा बाह्य डिजाइन सवै नयाँ आधारमा तयार गरेको र यसलाई मिनी जिपका रुपमा विकाश गरिएको छ ।

फोर ह्वील सुविधायुक्त डिजेल इन्जिनमा उपलब्ध हुने यो मोटरमा स्टान्डर्ड सिट संख्या ५ भए पनि आबश्यक पर्दा सात सिटसमेत प्रयोग गर्न मिल्नेगरी बनाइएको छ ।

महिन्द्राले यसलाई ग्लोबल प्रडक्टका रुपमा बिकाश गर्ने योजना बनाउँदै यसको फिनिसिङ, सुरक्षा र सुविधा पनि बिश्वस्तरीय बनाउन कोसिस गरेको छ । यसको इन्जिन महिन्द्राले आफै बनाएको हो भने डिजाइनमा इटालियन डिजाइन कम्पनीसमेत सहभागी छ ।

Mahindra-TUV300-SUV-6-G

यसको इन्टेरियर डिजाइन र सुविधाहरु अर्को लोकप्रिय मोडल एक्सयुभी ५०० बाट प्रभावित रहेको बताइएको छ । स्टेरिङ पुरै नयाँ छ भने टचस्त्रिmन इन्फोटेन्मेन्ट, रियर क्यामेरा लगायतका सुविधा पनि यसमा छन् ।

अहिले नै कम्पनीले टीयुभी ३०० को लुक्स सार्वजनिक गरिसकेको छैन् । टीयुभीका केही डिजाइन स्केच इन्टरनेटमा सार्वजनिक भएका छन् । भारतमा यसको मूल्य ७ देखि ९ लाख भारतीय रुपैयाँ पर्ने बताइएको छ । इकोस्पोर्ट, क्रियटा, एसक्रस लगायतका कम्प्याक्ट एसयुभीको मूल्य पनि यही हाराहारीमा छ । -फिनान्सियल एक्सप्रेस र एनडीटीभीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment