+
+
Shares

मधेसमा आन्दोलनसँगै मिडिया असुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १२:४८

Janakpur-ma-Kantipur-Jalaud

१ भदौ, काठमाडौं । तराई मधेसमा आन्दोलनसँगै मिडियामाथिको प्रहरीका घटना बढेका छन् । विशेष गरी आफ्नो विषयमा समाचार नलेखेको भन्दै पत्रपत्रिका जलाउने कार्यले तिब्रता लिन थालेको छ ।

पश्चिम नेपालमा पत्रपत्रिका जलाएको एक साता नबित्दै सोमबार जनकपुरमा आन्दोलनकारीहरुले कान्तिपुर दैनिक च्यात्ने तथा जलाउने कार्य गरेका छन् । उनीहरुले कान्तिपुर पत्रिका जनकपुर छिर्न नदिनेसम्मको घोषणा गरेका छन् ।

Janakpur-ma-Kantipur-Jalaud

तराई मधेस थरुहट बन्दको पूर्वसन्ध्यामा बन्द आयोजकका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायले निकालेको संयुक्त बन्दका क्रममा प्रेस, एम्बुलेन्स र दूध बोक्ने गाडीमाथि कुनै अवरोध नगर्ने उल्लेख गरिएको थियो ।

तस्वीर स्रोत : पत्रकार किरण कर्णको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?