मुम्बई । एक मनोरञ्जनक कम्पनिले रियालीटि शो स्टार किम कादार्शिनकी बहिनीलाई ब्वाईफ्रेण्डसँग सेक्सटेप बनाउन सुझाब दिएको छ ।
रियालीटी टिभी सो स्टार केली जेनरलाई ब्वाईफ्रेण्ड टायगासँग सेक्सटेप बनाउन सुझाब दिंदै एक करोड डलर पारिश्रकिम दिने प्रस्ताब गरेको छ । १८ वर्षीय केलीले अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् ।
केलीलाई सेक्सटेपको प्रस्ताब राख्ने त्यही कम्पनि हो जसले किम कार्दाशिन र गायक एवं अभिनेता रे जे को विवादित सेक्स टेप सार्वजनिक गरेको थियो ।
एक वेभसाईट टीएमजेड डटकमका अनुसार कम्पनिका मालिक स्टीव हर्षले यस किसिमको सेक्स टेपले करिअरमाथि उठ्ने दाबी गरेका छन् । उनले यो पनि भने ‘सेक्स टेप आएकै कारण किमको चर्चा ब्यापक भएको थियो ।’ सेक्सटेपका लागि राजी भएमा केलीको पनि उत्तिकै चर्चा हुने उनको भनाई थियो ।
अर्को पोर्न कम्पनि ब्यागयुलेटरले केलीलाई २२ मिनेट अवधिको भिडियोका लागि १८ लाख डलर प्रस्ताव गरेको छ । यदि यो प्रस्ताब मानेमा किम र अर्कि नायिका पेरिश हिल्टनको भन्दा धेरै चर्चा केलीको हुने चर्चा छ ।