Comments Add Comment

ऋतिकसँग डेटिङ जान नपाएपछि शिखा अदालतमा

reetik-and-sikha

१५ वर्षअगाडी कोकाकोला कम्पनीले उनलाई ऋतिक रोसनसित डेटिङ मिलाइदिने भनेर वाचा गरेको थियो । त्यतिबेला १९ वर्षकी शिखा अहिले ३४ वर्षकी भइसकिन्, तर कोकाकोलाले वाचा पूरा गरेन । केहि नलागेर शिखाले अब अदालतको ढोका ढक्ढक्याएकी छिन् ।

चन्डीगढको एउटा अदालतमा उनले कोकाकोलाविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । मुद्दामा उनले २.५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । यतिका वर्षसम्म ऋतिक रोसनलाई भेट्न नपाउँदा आफूलाई मानसिक रुपमा ठूलो हैरानी भएको उनको भनाई छ ।

अब भेट्दिन

शिखा अब सम्झौताको मुडमा छैनन् । अदालतले मुद्दा स्वीकार गरेपछि प्रतिक्रिया दिदै उनले भनेकी छिन्, ‘म आफूमाथि भएको अन्यायका विरुद्ध जूनसुकै लडाई लड्न तयार छु । तर, ऋतिक रोसनसित डेट जाने इच्छा अब मरिसकेको छ ।’

sikha

बिबिसीसित कुरा गर्दै उनले त्यतिबेला प्रतियोगीतामा छनोटका लागि टोकन प्राप्त गर्न दिनहुँ दुईदेखि तीनवटा कोकाकोला पिउने गरेको बताएकी छिन् ।
१५ वर्ष अगाडी कोकाकोलाले गराउको प्रतियोगितामा शिखा पहिलो भएकी थिइन् । प्रतियोगिताको विजेताले ऋतिक रोशनसित रोमान्टिक डेटिङ जान पाउने कम्पनीले बताएको थियो । तर शिखाले त्यो अवसर पाइनन् ।

शिखाका बाबु रवि मोंगा भन्छन्, ‘अब न मेरी छोरी सानी छे, न ऋतिक रोशन कुनै जल्दाबल्दा स्टार हुन् । त्यसैले रोमान्टिक डेटिङको अब कुनै अर्थ छैन ।’ आफूहरुले यतिका वर्षमा धेरै अपमान झेलिरहेको भन्दै उनले अदालतबाट न्याय पाउने आशा व्यक्त गरे ।

शिखाका वकिल सन्तोष सिंहका अनुसार अदालतले मुद्दा चलाउने अनुमति दिएको छ । कोकाकोलालाई आगामी २४ अगष्टमा जवाफ दिन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment