+
+

हिन्दु राष्ट्रको माग राखेर आमरण अनसन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते १५:४३

११ भदौ, काठमाडौं । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै युवाहरुले सामुहिक आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

hindus

राष्ट्रिय धर्म जागरण अभियान नेपालको संयोजन र राष्ट्रिय हिन्दु यूवा मञ्चको आयोजनामा यही भदौ १४ गतेदेखि राजधानीको खुल्ला मञ्चमा सामूहिक आमरण अनसन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अनसनकारीको तर्फबाट बोल्दै सागर कट्वालले ३ सय युवाहरु आमरण अनसन बस्ने जानकारी दिए ।

कार्यक्रममा खेमनाथ आचार्य, प्रेमनिधी भारद्वाज, बोलबम कावरीयाँ संघका अध्यक्ष राम अगिया रौनियारलगायतले आफूहरुको अनसन नेपाल र नेपालीको रक्षाको लागि भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?