+
+
Shares

डा. केसीको अनसनविरुद्ध सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते १४:२७

१५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको आमरण अनसनले अस्पतालको उपचार सेवा प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

Dr.-Govinda-kc

अधिवक्ताद्वय अनन्तराज लुईटेल र केदार लुईटेलले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, त्रिवि शिक्षण अस्पताल, नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएशन र डा. गोविन्द केसीलाई विपक्षी बनाइएको छ ।

विपक्षीहरुलाई हदैसम्म कारवाहीको माग गर्दै दायर रिटमा लेखिएको छ, ‘विपक्षीहरुमध्येकै डा. गोविन्द के.सी पटक पटक अनसन बस्ने र अन्य विपक्षीहरुले समेत निज विपक्षी डा. केसीलाई अनसन बस्न उक्साहट गर्ने वातावरण तयार गरिदिएर जनताको स्वास्थोपचार पाउने हक दिनप्रतिदिन कुन्ठित हुदै गएको कारण सम्मानीत अदालतबाट जारी भएको अन्तरिम आदेशको देखादेखि रुपमा अवज्ञा तथा उल्लंघन भइरहेको व्यहोरा सादर निवेदन गर्दछौं ।’

माथेमा प्रतिवेदन कार्यान्वयन गर्न, आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न लगायतका माग राख्दै यही भदौ सात गतेदेखि डा. केसीले अनसन थालेका थिए । उनको मागमा समर्थन जनाउँदै नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएशनले अत्यावश्यक बाहेक ओपिडी सेवाको काम बन्द गरेको छ ।

यो पनि पढ्नुस्
‘माथेमा प्रतिवेदन कार्यान्वयन भए आन्दोलन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?