+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिद्धार्थ डेभलपमेन्ट बैंक र प्राइम लाइफबीच घरकर्जा बीमा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते २१:४७

Sidhartha bank and prime life insurence१५ भदौ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच बीमा सम्झौता भएको छ । सम्झौतासँगै घरकर्जा लिने ग्राहकहरुका ‘प्राइम लाइफ सुरक्षित आवास जीवन बीमा’ सेवा उपलब्ध हुने भएको छ ।

सम्झौतापत्रमा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र सिद्धार्थ डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्राले हस्ताक्षर गरेका छन् ।

प्राइम लाइफ र सिद्धार्थ बैंकबीच भएको द्धिपक्षीय सम्झौताबमोजिम ‘प्राइम लाइफ सुरक्षित आवास जीवन बीमा’ सुविधा बैंकबाट प्रवाह हुने घरकर्जाका ग्राहकलाई उपलब्ध हुने बताइएको छ ।

बीमा सुविधा अन्तर्गत बैंकबाट घरकर्जा लिने ऋणीको कर्जा अवधिभर कुनै पनि कारण निधन भएमा उक्त कर्जाको सम्पूर्ण रकम प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले तिरिदिने व्यवस्था मिलाइएको छ ।

यो योजना पूर्णतः जिवन बीमामा आधारित भएकोले घरकर्जा तिर्न आधार मानिएको आयआर्जन गर्ने मुख्य ऋणीको कर्जा अवधिभर कथम कदाचित मृत्यू भएमा आश्रति परिवारजनहरु घरवार बीहिन हुने स्थितिबाट जोगाउने बताइएको छ ।

MoU with Siddhartha Dev Bank final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?