+
+

नेपालमा संविधान जारी भएकोमा अमेरिकामा खुशीयाली

कोलोराडो (अमेरीका) । मातृभुमी नेपालमा संविधान जारी भएकोमा अमेरिकामा रहेका नेपालीहरुले खुशीयाली मनाएमा छन् । संविधान निर्माणको खुशियालीमा दिगो शान्ति र प्रगतिको कामना गर्दै कोलोराडो निवासी नेपालीहरुले मैनबत्ती बालेर दीपावली गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १४:०७

DSC_0020नातिबाबु भट्ट

कोलोराडो (अमेरीका) । मातृभुमी नेपालमा संविधान जारी भएकोमा अमेरिकामा रहेका नेपालीहरुले खुशीयाली मनाएमा छन् । संविधान निर्माणको खुशियालीमा दिगो शान्ति र प्रगतिको कामना गर्दै कोलोराडो निवासी नेपालीहरुले मैनबत्ती बालेर दीपावली गरे ।

कोलोराडोमा क्रियाशिल नेपाली समुदायको साझा संस्था रकि माउन्टेन फ्रेन्डस अफ नेपाल र नेपाली घरको संयूक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । नेपालको राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा समाजसेवी रामप्रसाद श्रेष्ठबाट मैनबत्ती बालेर दीपावली गरिएको थियो ।

DSC_0026ब्राईटनस्थित सनातन मन्दिरमा सम्पन्न कार्यक्रममा वक्ताहरुले ६५बर्ष अगाडिदेखिको नेपालीको चाहना पुरा भएको भन्दै यसले देशमा शान्ति र अमनचयन ल्याओस् भन्ने कामना गरे ।

संविधानले सबै नेपालीको भावना समेट्न सकोस्, भोलिका दिनमा विश्वभरी पुगेका नेपालीहरु गुन्टा कसेर नेपाल र्फकने वातावरण सृजना होस् भन्दै यसको सफलताको कामना गरे ।

DSC_0039उनीहरुले जारी संविधानमा एक पटकको नेपाली सधैको नेपाली भन्ने प्रवासी नेपालीको मागलाई साकार पारेको, महिला, दलित, पछाडी परेका वर्गको उचित स्थान दिईएको भन्दै सानातिना विबादमा अल्झिन नहुनेमा जोड दिए ।

यसरी आफ्ना भनाई राख्नेहरुमा रकि माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष शरद आचार्य, नेपाली घर अध्यक्ष योगराज गौतम, समाजसेवी रामप्रसाद श्रेष्ठ, डा.विजयराज शर्मा, रमेश गुरुङ, अजय प्रधान, लगायतका व्यक्तिहरु रहेका थिए ।

DSC_0056 DSC_0065

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?