+
+

चलमलाउँदै रेजिना, बिहेपछि थिइन् गुपचुप

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १३:१५

rejina-upreti

नायिका रेजिना उप्रेतीको चर्चा कुनै समय विभिन्न कारणले हुन्थ्यो । चलचित्रको सफलता होस् या असफलता रेजिनाको चर्चा भने नेपाली चलचित्र क्षेत्रमा खुबै भयो ।

उनै नायिका रेजिना उप्रेती बिहे गरेपछि एकाएक सेलाइन् । उनको चर्चा बिहेपछि खासै भएन भन्दा पनि हुन्छ । तर, अहिले फेरि रेजिना चलमलाउन थालेकी छिन् । एक अवार्ड समारोहमा देखिएकी रेजिनाले आफू चलमलाउन थालेको बताइन् ।

नायिका उप्रेतीले अभिनय गरेका केही चलचित्र सफल भएका थिए भने केही असफल पनि भए । बिहे पश्चात नायिकाहरु एकाएक हराउने प्रचलन  नेपालमा खुबै छ । बिहेपछि रेजिनाले नयाँ चलचित्रमा काम गरेकी छैनन् । सार्वजनिक समारोहमा पनि उनको उपस्थिती शुन्य जस्तै छ ।

यस्तै पनि होला रेजिना अहिले सार्वजनिक कार्यक्रममा आफ्नो  उपस्थिती जनाएर नहराएको प्रमाण दिन खोज्दैछिन् । तर, बिहे पछि ओरालो लाग्ने नायिकाहरुको करिअरमा रेजिना पनि टाढा रहन सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?