+
+

किन फैलाइन्छ करोड क्लबको हल्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १३:२८

ward-no-6

यो कुरालाई स्विकार गर्नुपर्छ कि, चलचित्रले अहिले राम्रो व्यापार गरिरहेका छन् । चलचित्रको व्यापारले यो क्षेत्रलाई नै उत्साहित बनाइदिएको छ ।

तर, चलचित्रको व्यापारसँगै अहिले करोड क्बलको चर्चा पनि सुरु भएको छ । अहिले आफूले निर्माण गरेको चलचित्रले छोटो समयमै करोड क्बलमा प्रवेश गरेको चर्चा गराउन निर्माताहरु लागिपरेका छन् ।

हुनत, करोड क्लबमा प्रवेश गरेको चर्चा गराउँदा दर्शक हलसम्म आउँछन् भन्ने सोच निर्माताको होला । तर, पत्याउनै गाह्रो हुने गरि करोड क्लबको हल्ला अहिले हुन थालेको छ ।

निर्माता सुनिल रावलले भदौ ४ र ५ गतेको व्यापारमा चलचित्र ‘होस्टेल रिटन्र्स’ले करोड कमाएको चर्चा गरे । तर, पछि उनले नै सार्वजनिक गरेको रिपोर्टमा चलचित्रलाई करोड ग्रस गर्नका लागि ३ दिन लागेको देखिएको थियो । चलचित्र ‘भैरव’ होस् या ‘रेशम फिलिली’ । चलचित्रको व्यापार भन्दा केही बढी बढाएर निर्माताले करोड क्लबमा चाडो भन्दा चाडो चलचित्रलाई प्रवेश गराउने हतारो गरिरहेका छन् ।

नेपालमा बक्स अफिस नहुँदा निर्माता वा वितरकको भनाइलाई नै आधिकारिकता मान्नु पर्ने अवस्था छ । जसका कारण पनि उनीहरु चलचित्रलाई प्रमोशन हुने सोचमा करोड क्लबलाई घोषणा गर्न हतार गरिरहेका छन् ।

अहिले चलचित्र ‘वडा नम्बर ६’ २ दिनमै करोड क्लबमा पुगेको चर्चा भैरहेको छ । तर, पहिलो दिन २४ लाख कमाएको चलचित्रले काठमाण्डौका पर्दाबाट मात्र दोश्रो दिनमा ७६ लाखको व्यापार गर्छ भनेर पत्याउन सजिलो छैन । हो, यो चलचित्रले दर्शकलाई हलसम्म तानेको छ । तर, पहिलो दिनको भन्दा दोश्रो दिनको व्यापार ३ गुणाले बढ्नु संभवको कुरा होइन । निर्माता दिपकराज गिरीले १ करोडको चर्चा चलेको २ दिनपछि आइतबारबाट आफ्नो चलचित्र करोड क्लबमा गएको स्विकार गरेका छन् ।

बक्स अफिसका आँकडा नहुँदा देखिएको यो समस्यालाई निर्माताले पनि वुझ्न जरुरी छ । आफ्नो चलचित्रको व्यापार एकाएक बढेको कुरा गर्ने निर्मातालाई कर कार्यलयले पनि आँखा लगाउनु जरुरी छ । चलचित्रले व्यापार गरेका छन्, यो राम्रो संकेत हो । तर, आफू सफल भएको देखाउन करोड कमाएको चर्चा गर्न हतारो नगर्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?