+
+

टिभीएसका बाइक किन्नुहोस्, ३ दिन बेलायत घुम्नुहोस् !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १९:२९

४ असोज, काठमाडौं । नेपालका लागि टिभीएर मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दशैंतिहारको अवसरमा उपभोक्ता लक्षित आकर्षक योजनाको ल्याएको छ । ‘टिभीएस रोड टू इङल्याण्ड’ नामक नयाँ योजना ल्याएको हो ।

tvs-offerयो योजनामा टिभीएसका कुनैपनि उत्पादनको गरिदमा हरेक हप्ता लक्की ड्रमार्फत एकजना भाग्यशाली बिजेताले ३ दिन २ रातको बेलायत टूरसहितको आफ्नो मन पर्ने टिमको इङ्ग्लीस पि्रमियर लिग खेल स्टूडियममै हेर्न पाउनेछन् ।

त्यस्तै लक्की ड्र बाटै दैनिक एकजना भाग्यशाली विजेताले आइफोन ६ प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै हात खाली नहुने नगद ६००० रुपैयाँको भारी छुट पनि पाउनेछन् ।

लक्की ड्र रजिस्टर गर्नका लागि भने हरेक उपभोक्ताले आफ्नो नाम साथै आफुले खरिद गरेको मोटरसाइकल र स्कूटरको विवरण मार्फत ४५४६ मा पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

यो योजना असोज ४ गतेदेखि लागु हुने छ । कम्पनीले पार्टस् अन कल, पार्टस् अन हृवील र एक घन्टे एक्सप्रेस सर्भिस जीता नयाँ सेवा/सुविधाका साथै ५ वर्षको वारेन्टी गरिने बताइएको छ ।

कम्पनीसँग ११० सीसी स्टारसीटी प्लस, १२५ सीसी न्यू पोइनिक्स, १६० र १८० सीसी एपाची आरटीआर सेरिजका मोटरसाइकल तथा जुपिटर, वेगो रिप|mेस, स्कूटी जेष्ट बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?