विचरा ती पुरुषको अरु कुनै दोष थिएन । कसैकसैको खुट्टाबाट धेरै पसिना आउने कारण स्वभाविक रुपमा जुत्ता बढि गन्हाउँछ, जुन उनको वशमा थिएन । तर त्यहीँ जुत्ता
गन्हाउने अपराधका कारण उनले चक्कु खानु परेको छ ।
इटालीमा हालै एकजना भारतीय पुरुषमाथि चक्कु प्रहार भएको छ । ४७ ए एस. नाम बताइउका ती भारतीय पुरुषको जुत्ताबाट निकै दुर्गन्ध आएको निहुँमा फिलिपिन्सका युवाले चक्कु हानेका हुन् । चक्कु हान्ने फिलिपिनो युवा १७ वर्षका छन् र उनको नाम रेन्जो मिसलत रहेको बताइएको छ ।
एउटै फ्लाटमा बस्दै आएका ए एस. र रेन्जो मिसलतबीच जुत्ता गन्हाएको विषयमा विवाद हुँदा घटना भएको हो । चक्कु प्रहारबाट भारतीय पुरुष गम्भीर घाइते भएका र उनको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।
मिलानको निगार्डा अस्पतालमा उनको उपचार भैरहेको बताइएको छ । चक्कु प्रहारबाट घाइते भएर उपचार गराइरहेको अवस्थामा समेत उनलाई ४ पटक हृदयाघात भैसकेको छ ।
उनको ढाड र हातमा चक्कुले गहिरो घाउ बनाएको छ । आक्रमणकारीलाई प्रहरीले पक्रेको छ ।
प्रतिक्रिया 4