Comments Add Comment

भारतीय भूमिबाट भैरहवा नाकामा ढुंगा हानेपछि तनाव (फोटो फिचर)

Bhairahawa ko Belhiya ma tanab

सलमान खान

१२ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकामा धर्नामा बस्ने तयारी गरेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि केहीबेर तनावग्रस्त बनेको नेपाल-भारत सीमा क्षेत्रको अबस्था अहिले सामान्य भएको छ ।

नेपाल र भारतका सीमा बजारहरु भने बन्द छन् । भारतबाट जाँचपास भएर नेपाल आउन लागेका मालबाहक गाडीहरु पनि उतै रोकिएका छन् ।

Belhiya, Bhairahawa

मंगलबार तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु नाकामा धर्नामा बस्ने कार्यक्रम थियो । सो कार्यक्रममा सहभागी हुन त्रिपाठी विहान ९ बजेको पहिलो उडानबाटै भैरहवा पुगिसकेका थिए । मोर्चाका कार्यकर्ताहरु पनि नाका वरपर जम्मा भएका थिए ।

तर, नेता त्रिपाठी धर्नास्थलमा जान नपाउँदै भारतीय भूमिबाट नेपालतर्फ ढुंगा प्रहार भएपछि स्थिति तनावपूर्ण बन्यो । भारतीय भूमिमा रहेको समूहले केहीबेर नेपाल सरकारविरूद्ध नाराबाजीसमेत गरेको थियो । आक्रोशमा आएका नेपालका आन्दोलनकारीले भारत तर्फ पनि ढुंगा हान्न खोजेपछि नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

Belhiya jhadap

भारतीय भूमिबाट नेपाली भूमिमा ढुंगा हान्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही केरवानी ९ का ३२ वर्षीय आकाश भन्ने मोहम्मद हसान रज्जाक र पोखरभिण्डी १ का ५० वर्षीय योगेन्द्र चौधरी रहेका छन् ।

अहिले सीमा क्षेत्रको स्थिति शान्त छ । मधेसी मोर्चाले धर्नामा बस्ने कार्यक्रम यथावत रहेको जानकारी दिएको छ ।

भैरहवा भन्सार क्षेत्रका थप तस्वीर हेर्नुस्

Belhiya (10)

Belhiya (1) Belhiya (3) Belhiya (5)
Belhiya (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment