Comments Add Comment

जनकपुर पुगेका बाबुरामलाई जेपी गुप्ताको स्वागत

Baburam-And-Jp-Gupta

वीरेन्द्र रमण

१२ असोज, जनकपुर । जनकपुर पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पूर्वमन्त्री एवं तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले स्वागत गरेका छन् ।

भट्टराई जनकपुर आएका थाहा पाएपछि गुप्ता उनी बसेको यात्री निवासमा पुगेका थिए । गुप्ता पूर्व जानकारी विना नै पूर्व प्रधानमन्त्री भट्टराईलाई भेट्न पुगेका थिए ।

भेटमा भट्टराईले म मधेस उपेक्षित भएकाले सहकार्य र समर्थन जनाउन आएको बताएका छन् । भट्टराईलाई भेटेपछि तमरा अभियानका संयोजक गुप्ताले अनलाइनखबरसँग भने-‘मधेसको सवालमा उहाँले जुन दृष्टिकोण राख्नु भएको छ र मधेसमाथि अन्याय भएको र यो समास्याको समाधान हुनुपर्छ भन्नु भएको छ । यसका लागि लागि जनकपुरमा स्वागत गरेको हुँ ।’

बाबुरामको विगतको पृष्ठभूमि र भविश्यमा अपनाउने रणनीतिसँग कुनै मतलव नभएको भन्दै उनले मधेसको पक्षमा उभिएकाले भेट्न गएको बताए ।

आफू राम्रो अपेक्षाका साथ भट्टराईलाई भेट्न गएको गुप्ताले बताएका छन् । उनले भने-‘उहाँ भूपू प्रधानमन्त्रीका रुपमा मधेस आउनु भएको छ । मलाई आश छ उहाँले हाम्रो समस्या के हो र मधेसीले मागेको वा भारतले थोपरेेको हो बुझ्न पाउनु हुनेछ । र काठमाडौं फर्किएर अरु पूपू प्रम र नेताहरुलाई बताउन सक्नु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment