Comments Add Comment

असोज २४ देखि नयाँ नोट साट्न पाइने

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै असोज २४ गतेदेखि नयाँ नोट सटही सुरु गर्ने भएको छ । एक जनाले २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।

Nepali-Note-Newसर्वसाधरणलाई राष्ट्र बैंकको थापाथली कार्यालय र क्षेत्रीय कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान गरिने भएको छ ।

बैंक वित्तीय संस्थाले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट असोज १८ गतेदेखि नयाँ नोट साट्न पाउने प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २/२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १/१ प्याकेट उपलब्ध गराउने प्रवक्ता पंगेनीले जानकारी दिए ।

प्रवक्ता पंगेनीका अनुसार सेना, प्रहरी र कर्मचारीका लागि नोट साट्नका लागि छुट्टै काउन्टरको व्यवस्था गरिने भएको छ । कार्तिक २ गतेसम्म नयाँ नोट सटही सुविधा उपलब्ध हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment