Comments Add Comment

दाङमा इन्धनको चरम अभाव, तेल किन्न सीडीयोको सिफारिस

Oil bill

  • पेट्रोलपम्प सञ्चालकले टाँसेको सूचना र जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको कुपन

निमुसंगम घर्ती
१५ असोज, दाङ । एक हप्तादेखि नेपाल-भारतको नाकाबन्द हुँदा अन्य जिल्लामा जस्तै दाङमा पनि पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । इन्धन अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको कुपन देखाएर मात्रै पेट्रोलपम्पहरुले तेल वितरण गर्ने गरेका छन् ।

कुपन लिनेहरुको जिल्ला प्रशासन कार्यालयमा लामो लाइन लागेको छ । जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइन लागेकाहरु तेल भर्न पेट्रोलपम्पमा पनि त्यसैगरी घण्टौं लाइन लाग्न बाध्य छन् । तर, आफूले चाहे जति तेल पाईंदैन । जिल्ला प्रशासनले जति तोकिदिएको छ त्यत्ति मात्रै तेल भर्न पाइन्छ ।

CDO Office Dang

जिल्लाका सीमित पेट्रोल पम्पहरुबाट सीमित तेल वितरण गरिएको छ । एम्बुलेन्स, सुरक्षा निकाय, यात्रु बस र स्कुल गाडीले मात्रै डिजेल पाएका छन् । डिजेल जसोतसो पाइए पनि पेट्रोल भने एक थोपा पनि पाईंदैन ।

जिल्लाका ८ वटा पेट्रोल पम्पबाट अत्यावश्यक सवारीका साधनलाई एक हप्ताका लागि कुपन मार्फत सीमित डिजेल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिए ।

बबी डिजल्स भैसाही, अरुणोदय व्यापार सेवा घोराही, के.एस.एम. ट्रेर्डस घोराही, नेहा इन्टरप्राईजेज घोराही, हाम्रो पहुँच सहकारी संस्था तुलसीपुर, जिफिक मज्गै, मृणल तुलसिपुर र तुलसी व्यापार सेवा तुलसीपुरबाट सिमित मात्रामा डिजेल बिक्री भैरहेको छ ।

CDO Office Dang 1
प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल

दुई दिनदेखि पेट्रोलियम पदार्थ नआउदा यी पेट्रोलपम्पहरुमा पनि शुक्रबारदेखि सकिदै छ । दुई दिन पहिले २४ हजार लिटर डिजेल दाङमा आएको थियो । अब ५-६ सय लिटर मात्र बाँकी रहेको पेट्रोलपम्प सञ्चालकहरु बताउँछन् । त्यो सकिएपछि के गर्ने भन्ने ठेगान छैन ।

तर, प्रमुख जिल्ला अधिकारी पौड्यालले शून्यको अबस्था भने आउन नदिने बताए ।

उता नेपाल आयल निगम इन्धन डिपो तुलसिपुरले १ सय २० हजार लिटर डिजेल, ५२ हजार लिटर पेट्रोल र २४ हजार लिटर मट्टीतेल नेपालगञ्ज कार्यालयमा माग गरेको जनाएको छ । डिपो तुलसिपुरका प्रमुख सुजित पोख्रेलले दाङका लागि उक्त इन्धनका लागि जिल्ला प्रशासन कार्यालय दाङ र बाँकेबीच समन्वय भैरहेको र आईतबारसम्म आउने बताए ।

दाङमा हप्तामा ४० हजार लिटर पेट्रोल र डिजेल खपत हुने गरेको छ ।

पेट्रोल थोपा पाईदैन

Petrol Pump

अझै दुई चार लिटर डिजेल जसोतसो पाउने गरेपनि पेट्रोल भने थोपा पाईदैन दाङमा । दुई दिनदेखि पेट्रोल पनि पाइन छाडेको हो । नाकाबन्दीको हल्लासँगै सवारी धनिहरुले आबश्यकता भन्दा बढी सञ्चय गर्दा छिटो तेलको अभाव सृजना भएको हो । ड्रम र जर्किनमा भरेर केही सवारी सञ्चालकहरुले घरमा सञ्चय गरेका छन् ।

इन्धन नहुदा गाडी कम चले

पेट्रोलियम पदार्थको अभावसँगै दाङमा सवारीका साधन सञ्चालनमा ५० प्रतिशत कमी आएको छ । नाकाबन्दी खुल्ने अनिश्चित बन्दै जाँदा अहिले दाङका सडकहरुमा गुड्ने गाडीको संख्यामा ५० प्रतिशतले कमी आएको छ । सडकहरु सुनसान छन् । केही सञ्चय गरेर राखेका सवारी सञ्चालकहरुले गाडी चलाए पनि तेल नहुनेका गाडीहरु घर र ग्यारेजमा थन्कीएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment