Comments Add Comment

फ्लाई दुबईको उत्कृष्ट अवार्ड सिलिंक्स ट्राभल्सलाई

१७ असोज, काठमाडौं । दुबईको एयरलाइन्स कम्पनी फ्लाई दुबईले नेपालमा आफ्नो सेवा प्रदान गरेको छैटौं बाषिर्कोत्सवमा सबैभन्दा बढि टिकट बिक्री गर्ने सिलिंक्स ट्राभल्स एण्ड टुर्सलाई ‘उत्कृष्ट ट्राभल अवार्ड’ प्रदान गरेको छ ।

सन् २०१४ भरीमा सिलिंक्सले सबैभन्दा धेरै टिकट बिक्री गरेर फ्लाई दुबईको सर्वाेत्कृष्ट ट्राभल एजेन्सी अवार्डसहित वेष्ट सेलर अवार्ड प्राप्त गरेको हो ।

Fly dubai_Awards final

फ्लाई दुबईले राजधानीको हृयात होटलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालका टप टेन ट्राभललाई एजेन्सी अवार्ड वितरण गरेको हो । कार्यक्रममा फ्लाई दुबईका सिनियर भाइस प्रेसिडेन्ट सुधिर श्रीधरनले ट्राभल्सका प्रबन्ध निर्देशक राजु ढकाललाई अवार्ड प्रदान गरेका थिए । अवार्ड वितरण समारोहमा फ्लाई दुबईले प्रबन्ध निर्देशक ढकाललाई सम्मान समेत गरेको थियो ।

एयरवेजले नेपालबाट टिकट बिक्री गर्ने ट्राभललाई उत्कृष्टताको आधारमा अवार्ड प्रदान गर्दै आइरहेको छ । फ्लाई दुबईले नेपालमा सेवा सुरु गरेको सन् २००९ देखि नै सिलिङ्क्स ट्राभल्स एण्ड टुर्स वेस्ट सेलर बन्दै आइरहेको छ ।

अवार्ड वितरणमा फ्लाई दुबईका सिनियर भाइस प्रेसिडेन्ट सुधिर श्रीधरनले नेपालमा फ्लाई दुबईले सेवा प्रदान गरेकोमा आफुहरु सन्तुष्ट भएको बताए । ‘नेपालमा हाम्रो बजार हिस्सा बढिररहेको छ, हामी नेपालमा अझै बढि उत्कृष्ट सेवा दिन तयार रहेका छौं,’ उनले भने ।

सिलिङ्क्स ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक ढकालले नेपालबाट दुबई जाने यात्रुलाई सहज र सरल तरिकाले टिकट बिक्रीको सेवा प्रदान गरिरहेको बताए । ‘हामीले दिएको सेवाको कदर अनुसार फ्लाई दुबईको अवार्डलाई लिएका छौं,’ उनले भने ।

सिलिङ्क्स ट्राभलले नेपालभित्र र विश्वका विभिन्न मुलुकमा टुर्सको प्याकेज पनि प्रदान गर्दै आइरहेको छ । फ्लाई दुबईले २००९ देखि नेपालमा उडान भर्दै आइरहेको छ । सुरुमा हप्तामा ४ उडान गर्दै आइरहेको फ्लाई दुबईले अहिले नेपालमा दैनिक ४ उडान गर्दै आइरहेको छ । सेवा सुरु गर्दा नेपाल ११ औं गन्तव्य रहेको फ्लाई दुबईले अहिले ९५ वटा गन्तव्यमा उडान भर्दै आइरहेको छ ।

बजेट एयरलायन्सबाट सेवा दिइइरहेको फ्लाई दुबईले अहिले हाइबि्रड सेवा दिइरहेको छ । एयरवेजले अहिले बिजनेस क्लास समेत थप गरेको फ्लाई दुबईका नेपाल प्रमुख प्रान दर्शनले जानकारी दिए । फ्लाई दुबईको नेपालमा जिएसए युनिभर्सल ट्राभल एण्ड टुर्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment