+
+

आर्यन गर्न चाहन्छन् आशिकालाई मुटु भरीको माया

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १०:४६

aaryan-and-aashika
नायक आर्यन सिग्देलको यो बर्षकै पहिलो रिलिज चलचित्र ‘सुश्री’ कात्तिक ३ गतेबाट हलमा लाग्दैछ । आर्यनलाई फरक शैलीमा देखाइएको यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।
यो चलचित्रमा समावेश ‘यस्तो माया गरु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा आर्यनको साथमा डेब्यू नायिका आशिका तामाङलाई देखाइएको छ । यो गीतमा आशिष पुरुषको शब्द, सुवास भुषालको संगीत, सन्तोष लामा र निकिता थापाको स्वर छ । चलचित्रमा सुरविना कार्की, विकास चापागाँइ, राजाराम पौडेल, मिश्री थापा मुख्य भूमिकामा छन् ।

चलचित्रलाई आशिकाकै ब्यानरमा निर्माण गरिएको छ । आत्माराम थापाले चलचित्रमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?