+
+
Shares

काजिता र म्याकडोनाल्डलाई भौतिकशास्त्रको नोबेल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १७:३५

Takaaki-Kajita-and-Arthur-B.-McDonald

१९ असोज, काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कार जापानका ताकाकी काजिता र क्यानाडाका अर्थर बि म्याकडोनाल्डलाई दिने घोषणा भएको छ ।

स्विडेनको स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा उनीहरुको नाम घोषणा गरिएको हो ।

‘फ्लेबर’हरुमा न्यूटि्रनो कसरी चल्छन् भन्ने पत्ता लगाएबापत उनीहरुले संयुक्तरुपमा यो पुरस्कार दिइएको नोबल कमिटीले जनाएाके छ । न्युटि्रनो भनेका सर्वव्यापी पारमाणविक कणहरु हन् जसले ‘म्याटर’सँग कमै मात्र अन्तरक्रिया गर्छन् । यसको अध्ययन निकै कठिन मानिन्छ ।

यससँगै सन् १९०१ देखि हालसम्म भौतिकशास्त्रमा नोबेल पुरस्कार पाउने एक सय ९९ जना वैज्ञानिकको प्रतिष्ठित सूचीमा उनीहरुको नाम थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?