Comments Add Comment

आन्दोलनमा समर्थन खोज्दै जनजाति नेताहरु भारतीय दुतावासमा

Pasang,-Khagendra-And-Aankaji

२० असोज, काठमाडौं । जनजाति आन्दोलनमा समर्थन खोज्दै केही आदिवासी जनजाति नेताहरु काठमाडौंस्थित भारतीय दूतावास पुगेका छन् ।

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा संलग्नमा नेताहरु बुधबार लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन् ।

उनीहरुले राजदूत रणजीत रायलाई भेटेर आदिवासी जनजातिको मुद्दा र आन्दोलनबारे चासो राखेकोमा धन्यवाद दिए । साथै आफूहरु अहिले पनि आन्दोलनमा रहेको तर, बिभिन्न कारणले मधेसमा जस्तो आन्दोलन नउठेको भन्दै आदिवासी जनजातिको मुद्दामा ‘मोरल सपोर्ट’ जनाउन आग्रह गरे ।

उनीहरुले मुलुकमा राणा शासन हटाउन राजा त्रिभुवन र राजा हटाउन दलहरुलाई सहयोग गरेजस्तै अहिले आफूहरुलाई पनि सहयोग गर्न आग्रह गरेका थिए ।

अहिलेको संविधान आफूहरुले स्वीकार नगरेको भन्दै जनजाति नेताहरुले अब हुने वार्ता तथा सम्वादमा आदिवासी जनजातिको मुद्दा सम्वोधन नभए त्यसलाई नमान्ने बताए ।

जवाफमा भारतीय राजदूत रायले आफूहरुले मेलमिलाप र सबैको सहमति होस् भन्ने चाहेको बताए । तर, नेपालमा आन्तरिक मामिलामा हस्तक्षेप गर्न नखोजेको भन्दै उनले केहीले अपब्याख्या गरेको बताए । भारतले नेपालमा सँधै शान्ति र सम्बृद्धि होस् भन्ने चाहेको उनले बताए ।

भारतीय राजदूतलाई भेट्न जानेहरुमा जनजाति नेताहरु आङकाजी शेर्पा, खगेन्द्र माखिम, महेन्द्र थापामगर, पासाङ शेर्पालगायतका नेताहरु थिए । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता ओम गुरुङसहितका नेताहरु भने राजधानी बाहिर भएकाले सहभागी नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment