+
+

तेल दिन भारतको अझै आनाकानी, दिनभरमा १२ ट्यांकर लोड

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १६:४९

Indian-Oil

२० असोज, काठमाडौं । काठमाडौंमा युवाहरुले भारतीय दूतावासलाई तेल दिने ट्वीटर अभियान चलाइरहँदा भारतले भने नेपाली ट्यांकरमा तेल भर्न झनै आनाकानी गरेको छ ।

भारतीय आयल कर्पोरेशनले बुधबार दिउँसोसम्म १०/१२ ट्यांकरमा तेल भरेको नेपाल आयल निगमले जनाएको छ । बेलुकीसम्म धेरैमा थप ३/४ ट्यकरमा तेल भरिने निगम प्रवक्ता दीपक बरालले बताए ।

‘हिजो आईओसीको सिलगुढी डिपोले अली धेरै तेल भरिदिएको थियो । तर, आज फेरि तेल दिन आनाकानी गरिएको छ’ बरालले भने-‘हामीले पहल गरिरहेका छौं । तर, नतिजा अझै हात लागेको छैन ।’ आईओसीले भरेका ट्यांकरहरु नाकामै आइपुग्दा पनि सुरक्षाका नाममा रोकेर राख्दा थप समस्या भएको छ ।

आईओसीको सिलगुढी, बरौनी, रक्सौल, बैतालपुर र गोन्डा डिपोमा १ सय भन्दा बढी खाली ट्यांकर तेल लोड हुने प्रतिक्षामा छन् । तर, आईओसीले तेल प्रत्येक डिपोमा दैकिन २/३ वटा ट्यांकरमा मात्रै लोड दिएको छ ।

आइओसीले ६३ वटा खाली ट्यांकर रहेको रक्सौल डिपोमा एउटा पनि ट्यांकरमा लोड दिएको छैन । आईओसीले तेल लिन बोलाएरपनि लोड नगर्दा ती सबै ट्यांकर उतै अलपत्र पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?