+
+

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १४:१९

susil-kp oli

२० असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा सहमतीय सरकार गठनबारे छलफल भएको छ । एमाले स्थायी समितिले नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने कांग्रेसको केन्द्रीय कार्यसमितिबाट बिहीबार मात्र यसबारे निर्णय हुनेछ ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दुई नेताबीच सरकार गठनलगायत विषयमा छलफल भएको जानकारी दिएका छन् ।

एमाले अध्यक्ष ओली निकट स्रोतले १६ बुँदे सहमति हुँदा गरिएको ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दुई शीर्ष नेताबीच सकारात्मक छलफल भएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?