+
+

उम्मेदवारी पुनर्विचार गर्न कोइरालालाई एकनाथ ढकालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ८:५०

Eknath-and-Susil

२४ असोज,  काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्रीका लागि दिएको उम्मेद्वारीका विषयमा पुनर्विचार गर्न कांग्रेस सभापति सुशील कोइरालालार्इ आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले मुलुक गम्भीर मोडमा रहेकोले आफुलाई मतदान गर्न नेपाल परिवार दललाई आग्रह गरे ।

जबाफमा अध्यक्ष ढकालले बिगतको भद्र सहमतिको आधारमा परिवार दलले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरिसकेको बताउदै रास्ट्रको चुनौती सामना  गर्न सम्पूर्ण राजनैतिक दलहरु एक भएर अघि बढ्नु पर्ने भएकोले प्रधानमन्त्रीको उम्मेदवारी बारे पुनर्विचार गर्न आग्रह गरेको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोषकुमार पौडेलले जानकारी दिए ।

ढकालले अन्तिम समयसम्म पनि सहमतिकोलागि प्रमुख दलहरुबीच गम्भीर छलफल गराउन प्रधानमन्त्री कोइरालालाई तुरुन्त पहलकदमी लिन आग्रह गर्दै कुनै सहमतिमा नपुगे कांग्रेसले पनि  एमाले अध्यक्ष केपी. ओलीलाई समर्थन गर्दा राम्रो हुने सुझाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?