+
+

ओलीलाई गच्छदारको समर्थन, आठबुँदे सहमतिमा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १८:४४

Bijay Gachhadar
२४ असोज, काठमाडौं । प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ ।

यसका लागि प्रमुख तीन दल एमाले र फोरम लोकतान्त्रिकबीच आठ बुँदे सहमति भएको छ । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै गच्छदार सत्ता साझेदारीमा सहभागी भएका छन् ।  सहमतिमा अहिले भइरहेको मधेस आन्दोलनको राजनीतिक समाधान खोज्ने र प्रदेशहरुको सीमांकनमा राजनीतिक सहमति गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्ने उल्लेख छ ।

यसैगरी समानुपाति समावेशी सुनिश्चित गर्ने, हाल कायम रहेको जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेगरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने पनि सहमति भएको छ ।

यस्तो छ सहमति पत्र

Agreement-with-Gachhadar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?