+
+

अंश र भाउजूसँगको विवादमा भतिजको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १७:१२

२४ असोज, काठमाडौं । कृष्ण जन्माष्टमीको दिन हत्या गरी तारकेश्वर नगरपालिका ८ गढी भञ्ज्याङको मकैबारीमा मृत भेटिएका ९ वर्षका बालक मन्दिप घिमिरेको उनकै काकाले हत्या गरेको खुलेको छ ।

Mandip Muderहत्यामा संलग्न शिवहरि घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अंश विवाद चलिरहेका बेला भूकम्पको बेला टहरा बनाउने विषयमा भाउजूसँग विवाद भएको रिसमा शिवहरिले भजिजको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार मृतक घिमिरेका बाबु नुवाकोट ओखरपौवा ४ का डोलप्रसाद घिमिरे मलेसियामा छन् । उनकी आमा भगवती काठमाडौंमै भएपनि मन्दिप तारकेश्वर १२ स्थित मामा दिपेश सापकोटाको घरमा बस्दै आएका थिए ।

प्रहरकिा अनुसार डोलप्रसाद, जेठो बैकुण्ठ र कान्छो शिवहरिबीच अंशको विवाद चल्दै आएको थियो । डोलप्रसादको जग्गा सडकतिर परेको र शिवहरीको पछाडि परेपछि विवाद सुरु भएको थियो । तर, दाइको जग्गा भाउजुको नाममा रहेका कारण शिवहरि दाइसँग ज्यादै रिसाएका थिए ।

वैशाख १२ को भूकम्पपछि भगवती अस्थायी टहरा बनाउन ओखरपौवा गइन् । तर, शिवहरि र बैकण्ठले टहरा बनाउन नदिएपछि भनाभन भएको थियो ।

आमासँग विवाद भएपछि मन्दिपले ‘ठूलो भएपछि बदला लिइछाड्ने’ कुरा गरेपछि शिवहरिले भतिजलाई नै मार्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना हुनुभन्दा झण्डै १५ दिनअघि काकाभतिजको ओखरपौवामा भेट भएको र शिवहरिले कृष्ण जन्माष्टमीमा भ्यू टावर नजिकै मेला लाग्ने भन्दै बोलाए । काबाले बोलाएपछि मन्दिप गए । साथीसँग खेलिरहेका उनलाई बोलाएर शिवहरिले इमली किनिदिए र ओखरपौवा जाने भन्दै फकाए ।

मकैबारीमा पुगेपपछि शिवहरिले मन्दिपको घाँटी थिचेको र बेहोस भएपछि उसले लगाएको हरियो टिर्सट च्यातेर हात, खुट्टा, घाँटी र मुखमा बाँधेर कुनामा फालेका थिए ।

घटनापछि शिवहरि काका दिव्यको काजक्रिया गएनन् । भोलिपल्ट मलेसियामा रहेका दाइ डोलप्रसादले मन्दिप हराएको कुरा गर्दा उनले अनभिज्ञता प्रकट गरेका थिए । आफूमाथि शंका नहोस् भनेर उनी घटनास्थलमा समेत पुगेका थिए ।

तर, अनुसन्धानका क्रममा उनको संलग्नता खुलेपछि प्रहरीले ओखरपौवाबाट आइतबार पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?