२५ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या वार्ताबाटै समाधान हुने बताएका छन् ।
शीतल निवासमा सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीलले आफ्नो नेतृत्वको सरकार नयाँ ढंगले अघि बताए । उनले आफ्नो सरकारलाई परम्परागत सरकारको रुपमा नलिन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले मधेसको समस्या वार्ताबाटै समाधान हुने बताए । मधेस केन्द्रीय दलहरु संविधान स्वीकार गरेर प्रधानमन्त्री निर्वाचनमा आइसकेको भन्दै उनले छिट्टै समस्याको समाधान हुने बताए ।
साथै उनले इन्धनको अभाव हट्ने र शान्ति सुव्यवस्था कायम गर्ने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4