+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अर्ब लगानीमा पेखरेलीले खोले अत्याधुनिक व्यापारीक मल

२६ असोज, पोखरा । पर्यटकीय नगरी पोखराको चिप्लेढुंङ्गामा अहिलेसम्मकै ठूलो व्यापारीक कम्पलेक्स ‘पोखरा टे्रड मल’ सञ्चालनमा आएको छ । स्थानिय व्यवसायीहरुको संयुक्त लगानी रहेको मल मंगलबारदेखि सञ्चालनमा आएको हो ।

व्यवस्थापिका सांसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले एक कार्यक्रमबीच टे्रड मलको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरामा यति ठूलो मल सञ्चालन भएपछि पर्यटन प्रवर्द्धनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते १८:२४

Pokhara Trade Mall 5

सन्देश श्रेष्ठ

२६ असोज, पोखरा । पर्यटकीय नगरी पोखराको चिप्लेढुंङ्गामा अहिलेसम्मकै ठूलो व्यापारीक कम्पलेक्स ‘पोखरा ट्रेड मल’ सञ्चालनमा आएको छ । स्थानिय व्यवसायीहरुको संयुक्त लगानी रहेको मल मंगलबारदेखि सञ्चालनमा आएको हो ।

व्यवस्थापिका सांसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले एक कार्यक्रमबीच ट्रेड मलको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरामा यति ठूलो मल सञ्चालन भएपछि पर्यटन प्रवर्द्धनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

सभापति अधिकारीले दशैंको आसपासमा प्रस्तावित पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको शिलन्यास हुने दाबी गरे । उनले यही बुधबार विमानस्थल निर्माणका लागि चीन सरकारसँग विमानस्थल निर्माणका लागि ऋण सम्झौता हुने बताएका छन् ।

Pokhara Trade Mall 2

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले स्वदेशमै लगानीकर्ता बढ्नु सकारात्मक भएको बताए ।

साढे ६ रोपनी क्षेत्रफलमा फैलिएको ट्रेड मलमा १ अर्ब ६ करोड लगानी भएको पोखरा ट्रेड मल एण्ड हाउजिङ कम्पनीका अध्यक्ष बिन्दुकुमार थापाले जानकारी दिए । थापाका अनुसार ४३ जना युवा व्यवसायीहरुको अगुवाइबाट सुरु भएको उक्त मलमा हाल ६५ जना व्यावसायीहरुको लगानी भएको छ ।

भुईंतला बाहेक तीन तला रहेको मलमा ५ सय ३ वटा व्यापारीक स्टलहरु रहेको कम्पनीका प्रबन्ध निर्देशक मिनराज काफ्लेले बताए । उनका अनुसार ४ सय १० वटा सटरहरु व्यापारीक प्रयोजन र १ सय एक वटा सटरहरु कार्यालय तथा गोदामको लागि प्रयोग गरिनेछ ।

Pokhara Trade Mall 4

यसैगरी, ९३ वटा कोठाहरु व्यवसायीक प्रतिष्ठानले कार्यालयको रुपमा प्रयोग गर्ने पनि उनले जानकारी दिए । २९ हजार वर्ग फिटको भुईतलामा पर्याप्त पार्किङ रहेको छ । मलमा ५० लाखदेखि ३ करोडसम्मका लगानीकर्ता रहेको प्रबन्ध निर्देशक काफ्लेले बताए ।

मलमा ग्रोसरी सप, लत्ता कपडा, इलेक्टि्रक, बैंक, दुईवटा मल्टिप्लेक्स (फिल्म) हल, अन्तराष्ट्रिय स्तरको फूड कोर्ट, गेमिङ जोन लगायतका सेवाहरु उपलब्ध छन् । सुरक्षाका लागि मलमा फायरफाइटिङ, आगोलाग्नु भन्दा अघि नै संकेत दिने स्मोक डिटेक्टर, लिफ्ट, बिद्युतीय भर्‍याङ, सीसी क्यामरा लगायत जडान गरेको बताइएको छ ।

Pokhara Trade MallPokhara Trade Mall 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?