+
+

प्लास्टिकका बोतल बच्चाका लागि हानिकारक

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २७ गते ९:४९

bottle

पहिले पहिले बच्चालाई दुध खुवाउनका लागि स्टिल वा काँचका बोतलहरु प्रयोग हुन्थे । तर अहिले बजारमा धेरै विकल्प छन् । बजारमा प्लास्टिकका बोतल तथा अन्य भाँडाकुँडाहरु प्रसस्तै तथा सस्तो मूल्यमा पाइने भएका कारण र प्रयोगका लागि पनि सजिलो हुनाले प्लास्टिकका सामानको प्रयोग बढिरहेको छ । तर आफ्नो बच्चालाई प्लास्टिकको बोतलबाट दुध खुवाउने गर्नुभएको छ भने होसियार हुनुहोस्, किनकी यसले बच्चाको स्वास्थ्यमा खराब असर पूराइरहेको हुन्छ ।

प्लास्टिकको बोतलमा रासायनिक पदार्थको लेपन हुन्छ । सोही कारण बोतलमा तातो दुध खन्याउँदा उक्त रसायन दुधमा घोलिन्छ अनि दुधसँगै बच्चाको पेटमा पुग्छ र बच्चालाई हानी गर्छ ।

प्लास्टिकका बोलत उत्पादनका क्रममा हालिने रसायनको नाम हो बिस्फेनोल । यो रसायनले प्लास्टिकलाई कडा बनाउने काम गर्नुका साथै यसलाई ब्याक्टेरिया प्रतिरोधी तथा खिया प्रतिरोधी तत्वको रुपमा बोतल तथा क्यानमा प्रयोग गरिएको हुन्छ । यो रसायन मानिसको सरीरमा प्रवेश गरेपछि विभिन्न खाले नकारात्मक असर पूराउँछ । यसले मानिसको मस्तिष्कमा असर पूराएर बच्चाको मस्तिष्कको वृद्धि विकाशलाई प्रभाव पार्छ । त्यस्तै यो रसायनले मानिसको प्रजनन प्रणालीमा पनि असर पूराउँछ ।

त्यसैले यो रसायन भएका प्लास्टिकका बोतल तथा अन्य भाँडाकुँडाबाट बालबालिकामा पर्ने असरबाट जोगाउनको लागि प्लास्टिकका बोतल वा बालबालिकालाई प्रयोग गरिने अन्य सामान किन्दा केही कुरामा ध्यान पूराउनुपर्छ, जस्तै :

  • पटक पटक पुनचक्रण गरेर तयार पारिएका प्लास्टिकका सामान नकिन्ने । त्यस्तै प्लास्टिकका बोतल जसमा पिसी लेखिएको हुन्छ, ती पनि नकिन्ने । किनकी त्यस्ता बोतलमा उक्त हानिकारक रसायन हुन्छ ।
  • प्लास्टिकका बोतल किन्दा बिस्फेनोल मुक्त बोतल मात्र किन्ने ।
  • पारदर्शी प्लास्टिक भन्दा अपारदर्शी गाढा प्लास्टिकका बोतल किन्ने । पोलिइथिलिन वा पोलिप्रोपाइलिन बाट बनेका त्यस्ता प्लास्टिकका भाँडामा बिस्फेनोल हुँदैन ।
  • प्लास्टिकका बोतल तताउँदा त्यसबाट बिस्फेनोल तत्व बाहिर निस्कने जोखिम बढि हुने हुँदा यस्ता बोतलमा पानी हालेर नउमाल्ने, बढि तातो पानी वा दुध नराख्ने, माइक्रोवेभमा नतताउने तथा डिसवासरमा नधुने नगर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?