+
+

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २७ गते १०:१९

Snakeभलै झ्वाट्ट सुन्दा यो अजीब लाग्नसक्छ तर दुनियामा एउटा यस्तो ठाउँ पनि छ जहाँ सर्पहरुको बैठक बस्दछ । सर्पहरुको त्यो अनौठो भेलामा विभिन्न प्रकारका हजारौँ सर्पहरु जम्मा हुन्छन् ।

सर्पहरुको बैठकस्थलको रुपमा रहेको उक्त ठाउँ हो क्यानडाको मान्टिटोबा स्थित नार्सिस स्नेक डेन्स । त्यो ठाउँमा सर्पहरुको डरलाग्दो बिस्कुन देख्न सकिन्छ । धेरै सर्पहरु एक आपसमा गुजुल्टिएका हुन्छन् ।

सर्पहरुको बैठक वर्षैभर चल्दैन । अपि्रलको अन्तिम तथा मे को सुरुवाती हप्तामा यो बैठक चल्दछ । त्यहाँ जम्मा हुने मध्ये गार्टर प्रजातिका सर्पहरुको संख्या बढि हुनछ ।

नार्सिस इलाकामा किन त्यति धेरै सर्पहरु भेला हुन्छन् भन्ने कुराको रहस्य अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । तर वैज्ञानिकहरुले भने तापक्रम बढेसँगै भाले सर्पहरुको सरीरमा हर्मोन उत्पादन हुने र सोही हर्मोनका कारण यौनक्रियाका लागि सबै भालेहरु एकैपटक सक्रिय हुँदा सर्पहरुको त्यो भिमकाय भेलाको दृश्य देखिने बताएका छन् । यौनक्रिडाका लागि आतुर दर्जनौँ भाले सर्पहरु एउटै पोथी सर्पमाथि गुँडुल्किएर बेरिएको देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?