+
+

मेहनत गर्ने हिरोईन जस पाउने म : शाहरुख

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते ११:१९

Sharuk-Khan

मुम्बई । स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयले बलिउड सुपरस्टार शाहरुख खानलाई मानर्थ डक्टरको उपाधीले सम्मान गरेको छ ।
यो सम्मान उनलाई फिल्म र समाज कल्याणका लागि दिइएको बताईएको छ । उपाधी लिंदै उनले यो उपाधीको हकदार आफु हो कि हैन अझै थाह नभएको बताउदै आगामी दिनमा मेहनत गर्ने प्रेेरणा मिलेको बताए ।

कहिले काँही दिनमा १८ घण्टासम्म काम गर्ने गरेको सुनाउदै उनले भने ‘मनोरञ्जन उद्योग भनेको यस्तै हो । यहाँ मेहनत गर्नैपर्छ ।’
अभिनेता कहिल्यै आत्ममुग्ध नहुने उनको भनाई थियो । एउटा असल कलाकारले हरेक दिन अलग अलग चरित्र निर्वाह गर्नुपर्ने भएकाले पनि प्राय कलाकारका मष्तिष्क धेरै चरित्रमा घुमीरहने उनको भनाई थियो ।

उनी बेला बेलामा असली शाहरुख खान र पर्दामा देखिने शाहरुख खानको विचमा तुलना गर्न खोज्छन् । तर, कतै केही मिल्दैन । साथै उनले बलिउड फिल्म उद्योगमा नायिकाले मेहनत अनुरुप पारिश्रमिक नपाएको प्रसंग दोहोर्‍याए ।

‘फिल्म उद्योगमा महिलालाई पनि पुरुषलाई सरह समान पारिश्रमिक दिनुपर्छ । तर, अहिले भएको छैन ।’ उनले भने । उनले आफ्नो कम्पनिले हिरोईनको नाम पहिला लिने गरेको दाबी समेत गरे ।

साथै उनले आफ्ना हरेक फिल्मलाई गतिलो बनाउनका लागि नायिकाको हात रहेको स्वीकारे । ‘मेरो फिल्म हिट हुनुमा मेरो जत्तिकै भुमिका हिरोईनको पनि हुन्छ तर, नाम मेरो मात्रै आउछ । यो दुखको कुरा हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?