+
+

इन्दिरा र प्रियंकाको यस्तो अवतार, बने ‘लोकल ब्यूटी’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ९:५७

indira-joshi
सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘फन्को’मा समावेश ‘म त लोकल ब्यूटी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका इन्दिरा जोशीले नृत्य गरेकी छिन् ।

नरेन्द्र महर्जनको निर्माणमा तयार भएको यो चलचित्र माघ १ गतेबाट छायांकनमा जाँदैछ । नोभेम्बर २४ बाट यूरोपका विभिन्न देशमा चलचित्र प्रदर्शनमा आउने भएकाले पनि प्रचार सुरु गरेको निर्माता महर्जनले बताए ।
इन्दिरा जोशीकै आवाजमा समावेश यो गीतमा चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द छ ।

चलचित्रका मुख्य कलाकारहरुमा भने दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्की र केकी अधिकारी छन् । चलचित्रलाई मनोरञ्जनात्मक बनाएको निर्माताले जानकारी दिएका छन् ।

शनिबार काठमाण्डौमा रहेको एफडी कम्पनीमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?