एसबीआर फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘सत्यदिप’को फष्टलुक र अडियो सार्वजनिक भएको छ ।
चलचित्रका लेखक तथा निर्देशक शिवराज कार्कीले चलचित्रले सामाजिक कथा र भ्रष्टचारविरुद्ध आवाज उठाएको बताए । चलचित्रका प्रस्तुतकर्ता विनयराम श्रेष्ठले प्रदर्शन मिति चाँडै नै घोषणा गर्ने बताए । कलाकार रवि गिरीले चलचित्रको स्त्रिmप्ट अनुसार राम्रो चलचित्र बनेकोमा आशा व्यक्त गरे । यस्तै चलचित्रमार्फत अभिनयमा डेब्यु गरेका कलाकार जीवन गिरीले आफुले सक्दो मिहिनेत गरेको दाबी गरे ।
पि्रयंका श्रेष्ठ, प्रशंसा श्रेष्ठ, राजेन्द्रबहादुर थापा, गोविन्दबहादुर थापा, अमृत थापा, सञ्चिता गुरुङ र रवि भण्डारी निर्माता रहेको यो चलचित्रमा शिवराज कार्की कार्यकारी निर्माता छन् । चलचित्रमा रवि गिरी, जोनीसिहं राणा, सविना केसी, उमा बेबी, दिव्यश्वर गौतम, गीता अधिकारी, जेएन घिमिरे, जीवन गिरी, श्याम केसी र सिमोन दाहालको अभिनय छ ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको चलचित्रमा अष्ट महर्जनको एक्सन, अर्जुन पोखरेलको संगीत, कमल राईको नृत्य र शम्भु सापकोटाको छायांकन छ ।
प्रतिक्रिया 4