३ कात्तिक, काठमाडौं । राष्ट्रपति डा. रामबरण यादवले भर्खर निर्माण भएको संविधानले नेपालीलाई खुसी बनाएका बेला बडा दसैंले अझै उत्साह थप्ने बताएका छन् ।
दसैंको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति यादवले चार्डपर्वहरु नेपाली समाजका गहना रहेको बताउँदै नेपालीहरुबीचको एकता र सौहार्दतालाई यस्ता चार्डले जोड्ने गरेको बताए ।
सोमबार एक विज्ञप्ति जारी गर्दै डा. यादवले अब मुलुकलाई आर्थिक क्रान्तिको साझा लक्ष्यमा पुर्याउन आवश्यक रहेको बताएका छन् । सात दसकदेखिको उपलब्धी संविधान निर्माणसँगै संस्थागत भएको भन्दै यादवले संविधानभित्र रहेका कमिकमजोरीलाई समयअनुकुल परिमार्जन गर्न सकिने बताए ।
यादवले तराईमा जारी समस्यालाई सरकारले वार्ताका माध्यमबाट चाँडै सम्बोधन गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4