Comments Add Comment

दुनियाकै कुरुप महिलाको दर्दनाक कथा, कसरी बदलिन् शोकलाई शक्तिमा ?

Women
२६ वर्षको कल्कलाउँदो उमेर हो उनको । तर उनको लागि उमेर र वौशको कुनै अर्थ रहेन । किनकी उनको जिउमा यस्तो रोग छ, जसका कारण उनी विश्वकै सबैभन्दा कुरुप महिलाको उपाधि बोक्न बाध्य छिन् ।

लिजी वेलास्क्वेज अमेरिकाको टेक्सासमा सन् १९८९ मा जन्मिइन् । सामान्य मिति भन्दा ४ हप्ता अघि नै उनको जन्म भएको थियो र जन्मिँदा उनको तौलो जम्मा १२ सय ग्राम थियो । आखिर उनको सरीरमा दुर्लभ वंशाणुजन्य रोग रहेछ, जसका कारण जन्मिसकेपछि पनि उनको सरीरको वृद्धि विकाश खासै भएन ।

उचाइ बढेपनि जिउको मोटाइ भने फिटिक्कै बढेन । उनको जिउको तौल केवल २९ किलो मात्रै छ ।

रोगकै कारण उनको एउटा आाखा अन्धो पनि भयो । सरीरमा बोसो नै जम्मा नहुने त्यो रोगको कारण उनको जिउ निकै कुरुप छ । तर त्यो शोकलाई उनले शक्तिमा बदलेकी छिन् अहिले । अनि विभिन्न खाले दुव्र्यवहारबाट पीडित भएका मानिसहरुका लागि हिम्मत र प्रेरणाको पात्र बनिरहेकी छिन् ।

अशक्त र कुरुप जिउ घिसारिरहेकी लिजीको जिवनमा एउटा दुखलाग्दो घटनाले मोड नै परिवर्तन गरिदियो । उनले एकदिन यु ट्युबमा आफ्नै भिडियो देखिन् । विश्वकै सबैभन्दा कुरुप महिला शिर्षकमा अपलोड गरिएको उनको भिडियो ४० लाख भन्दा बढिले हेरिसकेका थिए, अर्थात् भिडियो सुपरहिट भएको रहेछ अनलाइनमा ।

उनको भिडियो यति धेरै चर्चित भयो, तर भिडियो मुन्तिर मानिसहरुले लेखेका टिप्पणीहरु भने निकै बिझाउने तथा होच्याउने खालका थिए । एकजनाले लेखेको थियो, आफैलाई आगो लगाएर मर । अनि अर्काले लेखेको थियो किन सबैले भनेको मान्दैनौ ? आत्महत्या गर ।

मानिसहरुका कमेण्ट यस्ता थिए की उनी मरे यो दुनिया नै निकै राम्रो बन्नेछ ।

फक्स च्यानलसागको अन्तरवार्तामा लिजीले भनेकी छिन् : हरेक कमेण्टहरु पढ्दा मलाई लाग्यो की मानिसहरु उक्त भिडियो हेर्दै स्क्रिनमा ममाथि मुड्की हानिरहेका छन् ।

त्यसपछि उनले त्यो शोकलाई शक्तिमा बदल्ने प्रण गरिन् । हिम्मत जुटाइन् । उनी भन्छिन् : मानिसहरुले मलाई चिन्नै सकेका छैनन् र म आफुलाई चिनाउन चाहन्छु भन्ने मलाई लाग्न थाल्यो ।

अहिले उनी प्रसिद्ध लेखिका तथा उत्प्रेरक वक्ता बनिसकेकी छिन् । बालबालिकामाथि हुने दुव्र्यवहारको विषयमा उत्प्रेरक भाषण गर्न तथा परामर्श दिनका लागि उनी विश्वका विभिन्न देशमा पुगिसकेकी छिन् । उनले विभिन्न किताबहरु समेत लेखेकी छिन् । सन् २०१० मा पहिलोपटक आफ्नी आमासाग मिलेर एउटा किताब लेखेकी थिइन् उनले । उनका चर्चित तथा प्रेरणादायी किताबहरुमा बि ब्युटिफुल, बि यु, चूजिंग ह्याप्पिनेस आदि रहेका छन् । साथै उनको जिवनकथामा आधारित डकुमेन्ट्री ए ब्रेभ हार्ट : दी लिजी वेलास्क्वेज स्टोरी पनि बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment