४ असोज, झापा । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार आफ्नो गृह जिल्ला झापा पुगेका छन् । बिहान झापा पुगेका प्रधानमन्त्रीले गरामनीस्थित सहीद स्मारकको अनावरण गरे ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले झापा र इलामको सीमानामा पर्ने सुखानीमा अवस्थित सहीद स्मृति पार्कमा सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित माल्यार्पण गरे ।
प्रधानमन्त्री ओलीलाई नेकपा एमाले झापा जिल्ला कार्य समिति र स्थानीय ३१ वटा सङ्घसंस्थाद्वारा आजै अपराह्न विर्तामोडस्थित उग्रसेन भवनमा आयोजना हुने विशेष कार्यक्रममा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4