+
+

आज विजयादशमी, टीका जमरा ग्रहण गरी ठूलाबडासँग अार्शिवाद थापिँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ५ गते ७:२०

Dashain
५ कात्तिक, काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ ।

नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ ।

यस वर्ष विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ ।

दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ ।

दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?