+
+

कोकाकोला फिगरदेखि परदेशीको कथा पर्दामा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते १०:५३

ashisma-namrata-and-rista
शुक्रबारबाट काठमाण्डौका हलमा चलचित्र प्रदर्शन हुने प्रथा तोड्दै आजबाट ३ चलचित्र काठमाण्डौ र मोफसलका हलमा प्रदर्शनमा आएका छन् ।

अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, विल्सन विक्रम राई, प्रदिप बाँस्तोला मुख्य भूमिकामा रहेको चलचित्र ‘अधकट्टी’ देशभरका हलमा लागेको छ । संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेको चलचित्रलाई प्रदिप कुमार उदयले निर्माण गरेका हुन् । चलचित्रमा समावेश ‘तिम्रो फिगर कोकाकोला’ बोलको गीतले सर्वाधिक धेरै चर्चा पाएकाले पनि यो चलचित्रलाई फाइदा पुग्नेछ ।

आजैबाट अर्को चलचित्र ‘सुश्री’ पनि हलमा लागेको छ । शिवम् अधिकारीले निर्देशन गरेको यो चलचित्रमा आशिका तामाङ, आर्यन सिग्देल, सुरविना कार्की मुख्य भूमिकामा छन् । नायक सिग्देललाई कमेडी भूमिकामा देखाइएको यो चलचित्र पनि दर्शकको रोजाइमा पर्न सक्छ ।
विशेषगरि, चलचित्रमा नायिकालाई बोल्ड र नायकलाई कमेडी अवतारमा देखाइएको छ । बिहेको दिनमा नायिकाले नायक भगाउने दृश्यका कारण पनि अहिले यो चलचित्र चर्चामा छ ।

राजेश बंसलको लगानीमा नारायण रायमाझीले चलचित्र ‘गोर्खापल्टन’पछि निर्माण गरेको ‘परदेशी’ नामक चलचित्र पनि चर्चामा छ । प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकार मुख्य भूमिकामा रहेको यो चलचित्र गीतसंगीतका कारण चर्चामा छ । चलचित्रले परदेशमा जाँदाको नेपालीको पीडालाई देखाएको छ ।

दसैंको मुख पारेर ३ नेपाली चलचित्र मंगलबारबाट प्रदर्शनमा आएका छन् । यी चलचित्रले कात्तिक २० गतेसम्म अर्को चलचित्रको अवरोध खेप्नु पर्ने छैन । यसैले, जुन चलचित्रको माउथ पब्लिसिटी राम्रो हुन्छ, त्यसले राम्रै आम्दानी गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?