+
+

गालाभरि भ्वांग पारेर विश्वरेकर्ड (फोटाफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते १२:२९

holes1
जिउको मासुमा सबैभन्दा धेरै सुरुंग बनाएर विश्व रेकर्ड कायम गरेका छन् एक लक्का जवानले । २२ वर्षका जर्मन युवक जोए मिग्लरले गिनिज बुकमा नाम त लेखाएका छन् तर उनले जे कामका लागि किर्तिमानको प्रमाणपत्र पाए त्यो देख्दा कसैले पनि उनलाई धन्यवाद दिने खालको छैन । किनकी उनल साँच्चीकै डरलाग्दो तथा अनावश्यक र हानिकारक काम गरिरहेका छन् भनेर जो कोहीले पनि भन्छ ।

उनले आफ्ना दुबै गालमा ठूला ठूला दुइवटा गोलाकार प्वाल पारेका छन् । ती प्वालबाट उनले आफ्नो जिब्रोलाई बाहिर निकाल्न सक्छन् । जिब्रो पनि सद्दे कहाँ छ र, टुप्पोमा च्यातिएर दुइहाँगे भएको छ ।
Miggler
जिब्रोमा मात्र होइन उनले अनुहारका अन्य ११ ठाउँमा पनि प्वाल पारेका छन् । नाकदेखि ओठसम्म पारिएका ती साना ठूला प्वालहरुमा गच्छे अनुसारका ठेटी ठोकिएका छन् ।

उनी १३ वर्षको हुँदादेखि यसरी जिउमा प्वाल पार्न थालेका रहेछन् । अहिले त जिउमा प्वाल पार्नु उनका लागि लत जस्तै बनेको छ ।
आफु आफ्नो जिउका सुरुंगका कारण निकै खुसी रहेको र सधै नयाँ नयाँ प्वाल पार्ने इच्छा रहेको उनी बताउँछन् ।

holes2

holes3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?