+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विदेसिएको २२ बर्षपछि कतारमा दाजुभाइको दसैं

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ७ गते ११:३३

qatar

घनश्याम पराजुली

दोहा । हिन्दुधर्मावलम्बीहरुको महानपर्व विजया दशमी पर्व देश तथा विदेशमा रहेका नेपालीहरुले हर्षउल्लासका साथ मनाईएका छन । बडादसैंको अवसरमा कतारमा रहेका नेपालीहरुले समेत बिहिबार साझँ काम सकेर मनाएका छन । कतारको राजधानी दोहा लगायत विभिन्न ठाउँमा बडादशैको रमझम देखियो ।

इटहरी ८ सुनसरीका ३ जना नेपाली दाजुभाईले लामो समय पछी कतारमा दसैं मनाएका छन । कतार आएको १९ बर्ष पछी तेज कटुवालले आफ्नै निवासमा आफन्त बोलाएर पहिलो पटक बडादसैंको टीका लगाए । यस अबधीमा एक पटक मात्रै नेपाल पुगेर टीका थापेका उनले १९ बर्षमा दोश्रोपटक दाई गणेश कटुवाल र गोपाल कटुवालको हातबाट दसैंको टीका तथा आर्शिवाद ग्रहण गरे । उनले भने ‘प्रवासमा लामो समय पछी नौलो अनुभव भयो । आफन्त भएपछी प्रवासमा पनि दसैंले धेरै महत्व दिने रहेछ ।’

कतारको प्रतिष्ठित कम्पनीमा कार्यरत उनले आफ्नो मातहतमा रहेका विभिन्न देशका ९० जना कामदार मध्ये २५ जना नेपालीहरुसँग कतारमा पहिलो पटक दसैं मनाए । दसैंको खुसियालीको अनुभव समेत नगरेका सहकर्मी युवराज लुईटेललाई समेत परिवारको झल्को कतारमा मेटियो ।

Dashain2

दाई गणेशको पनि कतारमा ७ बर्ष पुग्यो । खाडीमा २२ बर्ष बिताई सकेका उनले त्यो भन्दा पहिले साउदी अरब बसेका थिए । साउदीको अनुभव सुनाउदै उनले भने ‘कतारमा दाजुभाइ भएकाले यस बर्षको दसैं रमाईलो भयो । साउदी अरबमा बस्दा दसैं आएको नआएको पत्तै हुदनथ्यो । परिवारको यादमा दिनभरी डिउटी गरेर बेलुका आवासमा आएर साथीभाइसँग रमाईलो गरेर दसैं मनाईदिन्थ्यो ।’

कतारको राजधानी दोहा देखि ८० किलोमिटर भन्दा टाढा रहेको दुखानबाट साईला दाइ गोपाल कटुवाल दसैंको अवसर पारेर ओर्का आईपुगे । कतार आएको ५ बर्ष पछि तीन दाजुभाइले सँगै टीका ग्रहण गरे । शुक्रबार बिदाको दिन ओर्कामा भेटिएका उनीहरुलाई विदेश बसाईको लामो समय पछि दसैंले खुसी दियो । गोपालले प्रवासमा आफ्ना दाजुभाइसँग दसैं मनाए । उनले कतारमा पहिलो पटक दसैं मनाएका हुन ।

ओर्कामा रहेको तेज कटुवालको आवासमा दसैं मनाउदै गर्दा भेटिएका भोजपुरका परशुराम बोहोरा , धनकुटाका भोगेन्द्र पराजुली , मोरङ्गका ढोकल बहादुर कार्की र बल्लभ खत्री , चिरन्जीवी तिम्सीना , तारा पराजुलीलाई कतारमा दसैंले भेट हुने अवसर जुरायो ।

ओर्कामा दसैंको चलहलपहल देखेर लाग्थ्यो नेपालको कुनै गाउँमा छौ । सबै ईष्टमित्र एकैठाउँमा बसेर रमाईलो गरिरहेका कटुवाल परिवारलाई प्रवासमा रहेर पनी दसैं खल्लो भएन । लामो समयपछी एकसाथ भेट भएका दाजुभाइले प्रवासमा दसैं मनाउने राम्रो मौका मिल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?