Comments Add Comment

अतहर कमाल र कँडेलको उम्मेदवारी फिर्ता, पासाङ र यादव चुनावी मैदानमा

Pasang-and-Amiya-kumar

१३ कात्तिक, काठमाडौं । नेपाल परिवार दलका दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमान उपराष्ट्रपति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको थियो । तर, अतहर कमाल र कँडेलले फिर्ता लिएपछि नन्दकिशोर पुन पासाङ र अमियकुमार यादव मात्र चुनावी मैदानमा भएका छन् । संसदमा भोलि मतदान हुनेछ ।

कँडेल परिवार दलका उम्मेदवार थिए । तर, सत्तारुढ दलका नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिइएको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए । परिवार दलका नेताहरुसँग छलफल गर्न एमाओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरु गएका थिए । ‘उहाँहरुको अनुरोधमा हामीले फिर्ता लियौं’ ढकालले भने ।

कमालले भने कांग्रेस उम्मेदवार यादवलाई सर्मथन गर्ने घोषणा गरेका छन् । साना चार दल र स्वतन्त्र सांसदको मोर्चाको तर्फबाट कमालले उम्मेदवारी दिएका थिए ।

तर, आफ्नो सम्भावना नभएको र कांग्रेसका उम्मेदवार मधेसको भएको भन्दै यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् । अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्काका अनुसार अब साना ५ दलसहितका ७ भोट कांग्रेसले पाउनेछ ।

अब सत्तारुढ गठवन्धनका उम्मेदवार पासाङ उपराष्ट्रपति बन्ने लगभग पक्का देखिएको छ । उनलाई एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायतका दलको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment