१५ कात्तिक, काठमाडौं । मनमोहन मेमोरियल शिक्षण अस्पतालले आइतबारदेखि ४ दिनसम्म विभिन्न परिक्षणमा निःशुल्क सेवा सुरु गरेको छ ।
अस्पतालले मुलुकका बरिष्ठ चिकित्सकसहित विदेशी विशेषज्ञको परामर्श सुरु गरेको हो । विपन्न वर्गकालागि लक्षित सो अस्पतालले थाइराइड, मधुमेह, हाडजोर्नी तथा पाठेघर खस्ने समस्यासम्बन्धी रोगकालागि निःशुल्क परिक्षण सुरु गरेको हो ।
राजधानीको स्वयम्भूस्थित अस्पतालमा आइतबार सयौं विरामीले निशुल्क उपचार सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क उपचार सेवा आगामी बुधवारसम्म जारी रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4