१७ कात्तिक, काठमाडौं । नेपाललाई नाकाबन्दी लगाएर हाहाकार सिर्जना गराएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकै पानीबाट बिहारमा झलमल्ल विजुली बाल्ने सपना देखाएर भोट मागिरहेका छन् । नेपाल भ्रमणमा गएर पानी किन्ने सम्झौता गरेको उल्लेख गर्दै त्यसबाट निस्कने विजुली बिहारलाई दिने उद्घोष गरे ।
मोदीले बिहारको फार्वेसगञ्जमा आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा बिजुलीको सपना बाँडेका छन् । ‘के तपाईंहरु अँध्यारोमै बस्ने हो ? लालटिनमै गुजारा गर्ने हो ?’ भिडलाई सम्वोधन गर्दै उनी सोध्छन् । भिडबाट आवाज आउछ ‘होइन’ ।
त्यसपछि मोदी भन्छन्-‘म नेपाल गएँ, भुटान गएँ । मैले त्यहाँका सरकासित सम्झौता गरेँ । पानीबाट निस्कने बिजुलीको कारखाना लगाइदिएँ । जब कारखाना पूरा हुन्छ त्यो विजुली बिहारलाई दिइन्छ, विहारलाई ।’
भिडले परर ताली पिट्छ ।
उनले नितिशकुमारलाई चुनौति दिँदै भने उनी भन्छन्-जनतालाई कम्युटर दिन्छु । विनाविजुली कम्प्युटर चल्छ ? आज बिहारमा विजुली छ ? मोबाइल फोन चार्ज गर्न बाहिर जानुपर्छ कि पर्दैन ? मोबाइल फोन चार्ज हुँदैन बिहारमा, कम्प्युटरको कुरागर्छौं नितिस बाबु ? लालु जी अब लालटिनको जमाना गयो, बिजुली चाहियो विजुली ।’

प्रतिक्रिया 4