Comments Add Comment

सुनिता दनुवारलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

१९ कात्तिक, काठमाडौं । शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले अर्को अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएकी छन् । मानव बेचबिखन बिरुद्ध स्थापित शक्ति समूहकीकी संस्थापक दनुवारलाई एशिया लोकतन्त्र र मानवअधिकार अवार्ड २०१५ प्रदान गरिएको हो ।

Sunita-danuwarताइवान फाउन्डेशन फर डेमोक्रेसीले दनुवारलाई सो अवार्ड प्रदान गरिएको जनाएको छ । लोकतन्त्रका लागि ताइवान फाउन्डेशनले एशियामा मानव अधिकार तथा लोकतन्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई हरेक वर्ष यो अवार्ड दिने गरेको छ ।

दुनवारले मूलतः नेपालमा चेलीबेटी बेचबिखन र दासता विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सन्दर्भमा यो अवार्ड दिइएको फाउन्डेशनले जनाएको छ । अवगार्ड १० डिसेम्बर २०१५ अर्थात मंसिर २४ गते ताइवानको ताइपेइमा प्रदान गरिने शक्ति समूहले जनाएको छ । अवार्डसँगै दनुवारले एक लाख अमेरिकी डलर रकम बराबरको पुरस्कार पनि पाउनेछिन् ।

ठीक एक वर्षअघि दनुवारलाई स्वीडेनको स्टकहोममा ‘सि टेन’ अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो । त्यसको एक वर्षअघि उनले एशियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार जितेकी थिइन् । उनलाई फ्रान्सले पनि यसै वर्ष मानवअधिकार अवार्ड प्रदान गरेको थियो ।

शक्ति समूहकै पूर्व अध्यक्ष चरिमाया तामाङलाई अमेरिकी विदेश मन्त्रालयले आधुनिक दासता विरुद्धको अभियानमा लागे बापत अवार्ड प्रदान गरेको थियो । शक्ति समूह बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment