+
+

चीनसँग इन्धनको व्यापारिक कारोबारमा ढिलाइ हुने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १५:४७

nepal china

२९ कात्तिक, काठमाडौं । चीनसँग व्यापारिक रुपमा इन्धन कारोबार सुरु गर्न ढिलाइ हुने संकेत देखिएको छ ।

बेइजिङमा इन्धन खरिद गर्ने औपचारिक समझदारी गरेको आयल नियमले प्राविधिक विषयमा छलफल गर्न चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो-चाइना) लाई नेपाल भ्रमणको निम्तो दिएको थियो । तर, पेट्रो चाइनाले जवाफ दिन ढिलाइ गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले (पेट्रो-चाइना) लाई पठाएको पत्रमा आइतबारसम्म नेपाल आइपुग्न चिनियाँ टोलीलाई आमन्त्रण गरेको थियो । साथै व्यापारिक सम्झौता गर्न ढिलाइ हुने अवस्था आए पहिले नै कारोबार सुरु गर्न पेट्रो-चाइनासँग प्रस्ताव गरेको छ ।

तर, पेट्रो-चाइनाले अहिलेसम्म व्यापारिक सम्झौताका लागि टोली पठाउने विषयमा कुनै प्रतिक्रिया नदिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

उनले दुई कम्पनीबीच मूल्यका विषयमा कुराकानी भइरहेको दाबी गरे । उनका अनुसार पेट्रो चाइनाले आयल निगमको पेमेन्ट मोडालिटीसहित कम्पनीको वास्तविक अवस्थाबारे जानकारी मागेको थियो ।

पेट्रो चाइनालाई ती सबै विवरण आयल निगमले उपलब्ध गराइसकेको छ । तर, उसले नेपाल कहिले आउने भन्नेबारे केही बताएको छैन ।
चीनका लागि नेपाली राजदूत महेश मास्केले भने आयल निगम र पेट्रो चाइनाबीच कुराकानी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?