+
+
Shares

देशवासीलाई प्रधानमन्त्री ओलीका तीन सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १९:३६

Pm Kp Sharma oli

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अगाडि नै देशबासीमा नाममा सम्बोधन गर्ने कार्यक्रम थियो । आइतबार साइत जुर्‍यो र साँझ बालुवाटारमा देशबासीलाई सम्बोधन गरे ।

निकै लामो तयारी गरेर प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधनका तीन वटा सन्देश प्रष्ट देखिएका छन् ः एक-भारतलाई नाकाबन्दी फिर्ता लिन आग्रह, दुई- मधेसीलाई आन्दोलन फिर्ता लिन आग्रह र तीन- देशलाई आत्मनिर्भर नबनाउञ्जेल अहिलेजस्तै संयमित हुँदै फारुतिनो गरेर स्वदेशी वस्तुबाट काम चलाउन जनतालाई आग्रह ।

पुरानै नीति तथा कार्यक्रममा व्यक्त भएका कतिपय विकास योजनालाई अक्षरशः वाचन गरेको वा नाकाबन्दी एवं भूकम्पको असरबारे वयान गरेको कुरालाई तपशीलमा राख्ने हो भने प्रधानमन्त्री ओलीको आफ्नो सम्वोधनमा यति नै तीनवटा सन्देश देखिएका छन् ।

वार्ता र सहमतिकै माध्यमबाट आन्दोलनरत दलहरुको सहमतिका आधारमा संविधान संशोधन गर्न तयार रहेको प्रधानमन्त्रीले बताएका छन् । ‘मैले यसअघि पनि भनेको छु, जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधान संशोधन हुनसक्छ’ ओलीस्ले भनेका छन् ।

प्रदेशको सीमांकन आवश्यकता र अनुभवका आधारमा परिर्माजनगरिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले यसो भनिरहँदा पश्चिम नेपालमा पुगेका एमालेका बरिष्ठ नेता माधवकुमार नेपालचाँँहि सीमांकन कुनै हालतमा परिमार्जन नहुने बताइरहेका थिए ।

प्रधानमन्त्री ओलीले प्रादेशिक सीमाबारे छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्न तयार रहेको भन्दै वार्तालाई छिटो सार्थक निष्कर्षमा पुर्‍याउन आन्दोलनरत पक्षलाई आग्रह गरे ।

अर्को पनि के स्मरणीय छ भने प्रधानमन्त्रीले सम्वोधन गर्नुअघि मधेसी मोर्चासँग सत्तापक्षले गरेको वार्ता विना निश्कर्ष, निकै रुखोगरी टुंगिएको छ । मधेसी मोर्चाले सरकार र प्रमुख दलहरु तयारी विना नै प्रस्तुत भएको भन्दै सहमति नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

Pm Kp Sharma oli 1

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा भारतले लगाएको नाकाबन्दीको निकै कडा शब्दमा आलोचना गरेका छन् । सार्वभौम देशले व्यापक जनसहभागिता र लोकतान्त्रिक विधि अनुरुप संविधान जारी गर्दा यती कष्ट र नाकाबन्दी जस्तो अमानवीय व्यवहार सामना गर्नु पर्ला गरेर कल्पना नगरेको उनले बताए ।

चाडपर्वको बेला जनताको घरमा चुला बाल्न र एकअर्का कहाँ सहजै पुगेर माया र सद्भाव साट्न गम्भीर समस्या परेको भन्दै ओलीले भने-‘यसबाट मलाई अत्यन्त पीढा भएको छ ।’ यस्तो प्रतिकुलतामा पनि नेपालीहरुले देखाएको संयम, सद्भाव र कष्टसहने क्षमता अभूतपूर्व र प्रशंसनीय भएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद समेत दिएका छन् ।

नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको भन्दै उनले भने-‘यसरी युद्धको बेलामा समेत हुन नहुने संकट देखा परेको छ ।’ प्रधानमन्त्री ओलीले नाकाबन्दीले स्वतन्त्र राष्ट्रको सार्वभौमिकतटाको सम्मान गर्नु पर्ने राष्ट्रसंघको बडापत्र, सार्कको बडा पत्र तथा भूवपरिवेष्ठित देशहरुको पारवहन अधिकार तथा नेाल रभारतको सन्धी सम्वन्ध उल्लंघन र अबमूल्यन भएको बताए ।

नेपाल र भारतबीचको सुमधर सम्वन्ध अपि्रय भएको भन्दै उनले भने-‘यसबाट कसैको पनि हित नहुने भएकाले यस्तो अवस्था लामो समयसम्म नरहने र दुई देशबीचको समझदारीबाट पूर्ववत स्थिति कायम हुनेछ भन्ने अपेक्षा गरेको छ । यस दिशामा हाम्रो प्रत्यत्न जारी छन् र मित्र राष्ट्र भारतको सरकारलाई पनि यसमा योगदान गर्न आग्रह गर्दछु ।’

यद्यपि आफ्नो सम्बोधनको अन्त्यतिर उनले माथिल्लो कर्णाली, पञ्चेश्वर परियोजना र विद्युत विकास सम्झौता पीटीए आदिको स्मरण गराउँदै वार्ताकै माध्यमबाट समस्या समाधान गर्न सकिने बताए् ।

चीनले तेल दिएको बधाइ दिँदै चीनसँगको नाका खोल्ने बताएका प्रधानमन्त्री ओलीले यसलाई कुनै देशको विरोध नठान्नसमेत आग्रह गरेका छन् । भारतलाई नाकाबन्दी फिर्ता लिन आग्रह गरेका ओलीले मधेसी मोर्चालाई कसैको बहकावमा लागेर जनतालाई दुःख नदिन आग्रह गरेका छन् ।

नाकाबन्दीको मारमा परेका जनतालाई प्रधानमन्त्रीले फारुतिनो गरेर काम चलाउन र स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले काठमाडौंमा चाँडै मेट्रो रेल गुडाउने, एक वर्षमा जैविक उर्जाको विकास गरेर एलपी ग्यासमाथिको परनिर्भरता घटाउने, इलेक्टिक चुल्होको उत्पादन गर्ने, एक वर्षमा लोडसेडिङ हटाउने लगायतका आश्वासन दिएका छन् ।

भूकम्प पीडितलाई दुई लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउनेदेखि हिमाली भेगका पीडितलाई जाडो नलाग्दै टहरा बनाइदिने प्रधानमन्त्री ओलीको आश्वासन छ ।

थप समाचार पढ्नुहोस्

देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन-आवश्यकताका आधारमा प्रादेशिक सीमा परिर्माजन

प्रधानमन्त्रीको आत्मनिर्भर योजनाः काठमाडौंमा मेट्रो रेल, नेपाली उत्पादन प्रयोगलाई प्रोत्साहन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?