+
+

शीर्ष वार्तामा मधेसी मोर्चाका नेताले भने-मर्न तयार छौं, उधारो सम्झौता गर्दैनौं

२९ कात्तिक, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुसँगको वार्तामा आइतबार मधेसी मोर्चा कडारुपमा प्रस्तुत भएको छ । मोर्चाले सीमांकन हेरफेर नभएसम्म उधारोमा कुनै सम्झौता नहुने बताएको छ ।

मधेसमा आन्दोलन सुरु भएको झण्डै तीन महिनापछि प्रमुख दल र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । तर, सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा प्रमुख दलका नेताहरु ठोस प्रस्तावसहित पेश हुन सकेनन् । त्यहाँ मधेसी मोर्चाका नेताले कडारुपमा आफ्नो कुरा राखे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १९:२०

Top Party And Madhesi Morcha barta

राजकुमार श्रेष्ठ

२९ कात्तिक, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुसँगको वार्तामा आइतबार मधेसी मोर्चा कडारुपमा प्रस्तुत भएको छ । मोर्चाले सीमांकन हेरफेर नभएसम्म उधारोमा कुनै सम्झौता नहुने बताएको छ ।

मधेसमा आन्दोलन सुरु भएको झण्डै तीन महिनापछि प्रमुख दल र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । तर, सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा प्रमुख दलका नेताहरु ठोस प्रस्तावसहित पेश हुन सकेनन् । त्यहाँ मधेसी मोर्चाका नेताले कडारुपमा आफ्नो कुरा राखे ।

शीर्षवार्ताको सुरुमा राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनको विवाद समाधानका लागि राजनीतिक संयन्त्र गठनको प्रस्ताव राखेका थिए । तराई मधेसका विवादित जिल्लाहरु विभाजन गरेर पनि सहमति खोज्न सकिने उनको दोस्रो विकल्प थियो । तर, दोस्रो विकल्पबारे सत्तारुढ र संविधान जारी गर्ने दलहरुबीच छलफल हुन बाँकी रहेेको उनले बताए ।

कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल र एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डको पहिलो विकल्पमा समर्थन गरे । तर, त्यहीबेला एमाले र कांग्रेसका नेताहरुले नाका अवरोध गर्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिन मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरे ।

शीर्षवार्तामा कांग्रेस नेताहरुले अघिल्लो सरकारले दर्ता गरेको संशोधन प्रस्ताव अघि बढाउनसमेत आग्रह गरेको छ ।

तर, मधेसी मोर्चाले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका छन् । २२ बुँदे सम्झौतामा लेखिएको स्वायत्त मधेस प्रदेश पढेर सुनाउँदै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब उधारोमा सम्झौता नहुने बताए ।

कडा रुपमा प्रस्तुत भएका यादवले भने- ‘हिजो धेरैपटक सम्झौता भयो, कार्यान्वयन भएन । बरु मर्न तयार छौं तर, योपटक उधारो कुनै पनि कुरा मानिन्न ।’

‘अब कडारुपमा प्रस्तुत हुने’

प्रमुख दलहरुसँग अब २/३ दिन समय रहेको भन्दै उपेन्द्र यादवले सहमति नभए छठपछि कडा संघर्षका कार्यक्रम ल्याउने बताए । फोरमका वरिष्ठ नेता अशोक राईले प्याकेजमा सहमति नभए पहाडमा पनि आन्दोलन हुने बताए । उनले भने-‘तपाईहरु अझै गम्भीर हुनुभएन भने धुरुधुरु रुनुपर्ने अवस्था आउँछ ।’

Top Party And Madhesi Morcha barta 1

बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रमुख दलहरुले बैठकमा केही नभनेको तर, बाहिर भारतले नाकाबन्दी गरेको भन्दै हिँडेको भन्दै भारतसँगै वार्ता गर्न नेताहरुलाई चुनौती दिएका छन् ।

नेपाल र भारत दुई छिमेकी भएको भन्दै उनले दुई देशबीच वार्ता भए आफूहरु बीचमा बस्ने बताए । ठाकुरले त्यसअघि नै प्रमुख दलहरुको संकीर्ण सोचका कारण मधेसमा सीके राउतहरु जन्मिएको बताएका थिए ।

उनले नेपाल र भारतबीच वार्ता भए आफूहरु बीचमा बस्ने बताएपछि एमाले वरिष्ठ नेता खनालले बीचमा भन्नाले भनेर प्रश्न गरेका थिए । तर, ठाकुरले ‘तपाईहरु आफैं बुझ्नुस्’ भन्ने जवाफ दिएका छन् । बैठकमा सहभागी केही नेताहरुले भने ठाकुरले छुट्टै देशको संकेत गरेको अर्थ लगाएका छन् ।

बैठकमा सहभागी एक नेताले भने-‘मधेसी मोर्चाका साथीहरु निकै बोल्ड्ली प्रस्तुत हुनु भएको थियो ।’

बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले प्रमुख दलहरुले कुनै ठोस प्रस्ताव ल्याउन नसकेको बताए । उनले दलहरुलाई विश्वास गर्ने वातावरण नबनेको भन्दै केही दिनमा सहमति नभए छठपछि आन्दोलन चर्काउने बताए ।

कांग्रेस कार्यवाहक सभापति पौडेलले आफूहरुले नाकाबन्दी फिर्ता लिन आग्रह गरेको जानकारी दिए । दलहरुबीच प्रादेशिक सीमाबारे छलफल भए पनि कुनै सहमति नभएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?